Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

वीरगन्जका मासु पसलमा अनुगमन – मिसावटयुक्त मासु जफत, पसलेलाई जरिवाना

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ बैशाख ३०,बुधबार
A A
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,— वीरगन्ज महानगर क्षेत्रमा सञ्चालनमा रहेका खसीका मासु पसलहरूमा गरिएको बजार अनुगमनका क्रममा विभिन्न त्रुटि, लापरवाही तथा मासु मिसावट फेला परेपछि सम्बन्धित पसल सञ्चालकलाई कारबाही गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा बुधबार गरिएको संयुक्त बजार अनुगमनमा पशु सेवा शाखा, खाद्य तथा गुण नियन्त्रण शाखा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज, पशु क्वारेन्टाइन कार्यालय वीरगन्ज तथा भेटेरिनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्रका प्रतिनिधिहरू सहभागी थिए।

बाख्राको मासुलाई खसी वा बोकाको मासु भन्दै भ्रामक रूपमा बिक्री वितरण भइरहेको जनगुनासो आएपछि अनुगमन टोलीले मुर्ली, राधेमाई, श्रीराम हल–छपकैया तथा रेलवे रोड क्षेत्रका मासु पसलहरूमा अनुगमन गरेको जनाएको छ।

अनुगमनका क्रममा मुर्लीस्थित दिलसाद फ्रेस हाउस बाट अखाद्य वस्तु मिसावट गरिएको करिब १२ किलो २०० ग्राम मासु जफत गरिएको थियो। जफत गरिएको मासु पछि डम्पिङ साइटमा सुरक्षित रूपमा नष्ट गरिएको प्रशासनले जनाएको छ।

त्यस्तै, राधेमाईस्थित इरफान मासु पसल दर्ता तथा आवश्यक स्वीकृतिविना सञ्चालन गरिएको पाइएको छ। उक्त पसलबाट मासु मिसावट गरी बिक्री वितरण गरिएको पुष्टि भएपछि पसल सञ्चालकलाई २० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ।

अनुगमनका क्रममा कतिपय पसलमा सरसफाइको अवस्था कमजोर रहेको, मूल्य सूची नराखिएको तथा मासुको स्पष्ट पहिचान नखुलाइ बिक्री वितरण गरिएको पाइएको थियो। त्यसपछि टोलीले सबै मासु व्यवसायीलाई मूल्य सूची अनिवार्य रूपमा राख्न, बिक्री गरिने मासुको स्पष्ट विवरण खुलाउन तथा सरसफाइमा कुनै पनि प्रकारको लापरवाही नगर्न कडा निर्देशन दिएको छ।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले खाद्यवस्तुमा हुने मिसावट र भ्रामक कारोबारमाथि नियमित निगरानी गरिने प्रशासनले जनाएको छ। पछिल्लो समय बजारमा खसीको नाममा अन्य मासु बिक्री भइरहेको गुनासो बढ्न थालेपछि अनुगमनलाई तीव्र बनाइएको अधिकारीहरूले बताएका छन्।

अनुगमन टोलीले उपभोक्तालाई पनि मासु खरिद गर्दा पसलको सरसफाइ, मूल्य सूची तथा मासुको प्रकृति स्पष्ट बुझेर मात्रै खरिद गर्न आग्रह गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण
राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

प्रकाशित : २०८३ बैशाख ३०,बुधबार
कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८३ बैशाख ३०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद