Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

परवानीपुर गाउँपालिकाको शिक्षा अवस्था प्रश्नमा, एसईई नतिजाले देखायो चुनौती

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ बैशाख ३०,बुधबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

प्रणय साह
परवानीपुर — परवानीपुर गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी र सुधारका योजना अघि सारे पनि यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई नतिजाले गाउँपालिकाको शैक्षिक अवस्था कमजोर रहेको संकेत गरेको छ।

शिक्षा विकास तथा सम्न्वय इकाई बाराले सार्वजनिक गरेको विवरणअनुसार समग्र नतिजामा सुधार देखिए पनि सामुदायिक विद्यालयको अवस्था अझै चिन्ताजनक रहेको छ।
यस वर्ष २०८२ को एसईई नतिजा गाउँपालिकाभित्रका ६ विद्यालयबाट ३७३ विद्यार्थी एसईई परीक्षामा सहभागी भएकामा १४८ जना मात्र उत्तीर्ण भएका छन्। समग्र उत्तीर्ण प्रतिशत ३९.६६ रहेको छ।
गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमध्ये श्री जनता माध्यमिक विद्यालय, रामपुर टोकनी को अवस्था सबैभन्दा कमजोर देखिएको छ। ८० विद्यार्थीमध्ये ४ जना मात्र उत्तीर्ण भएका छन्।
त्यस्तै श्री भोजभगत माध्यमिक विद्यालय, लिपनीमाल बाट ११५ विद्यार्थी सहभागी हुँदा १७ जना मात्रै उत्तीर्ण भएका छन्।
यता निजी विद्यालयहरूले भने उच्च नतिजा ल्याएका छन्। हेरिटेज पब्लिक सेकेन्डरी स्कूल ले ९८.७२ प्रतिशत तथा डी।पि।एस। लिपनीमाल ले ९५.४५ प्रतिशत नतिजा हासिल गरेका छन्।
एउटै गाउँपालिकाभित्र निजी र सामुदायिक विद्यालयबीच ठूलो शैक्षिक अन्तर देखिएपछि गाउँपालिकाको शिक्षा नीति, अनुगमन र बजेट कार्यान्वयनमाथि प्रश्न उठ्न थालेको छ।
स्थानीय अभिभावकहरूले गाउँपालिकाले शिक्षा सुधारको प्रतिबद्धता जनाए पनि त्यसको प्रभाव सरकारी विद्यालयमा नदेखिएको गुनासो गरेका छन्। शिक्षक व्यवस्थापन, नियमित अनुगमन र शैक्षिक वातावरण सुधारमा गाउँपालिका गम्भीर बन्नुपर्ने उनीहरूको माग छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्जका मासु पसलमा अनुगमन – मिसावटयुक्त मासु जफत, पसलेलाई जरिवाना
आर्थिक

वीरगन्जका मासु पसलमा अनुगमन – मिसावटयुक्त मासु जफत, पसलेलाई जरिवाना

प्रकाशित : २०८३ बैशाख ३०,बुधबार
एसईई नतिजापछि निराश बनेका विद्यार्थीप्रति अभिभावकलाई सचेत रहन आग्रह
मुख्य समाचार

एसईई नतिजापछि निराश बनेका विद्यार्थीप्रति अभिभावकलाई सचेत रहन आग्रह

प्रकाशित : २०८३ बैशाख ३०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद