Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा आकर्षक छात्रवृत्ति कार्यक्रम घोषणा

by प्रणय साह
प्रकाशित : २०८३ बैशाख २९,मंगलवार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — वीरगञ्ज कलेजले नयाँ शैक्षिक सत्रका लागि विभिन्न विधामा आकर्षक छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ। कलेजले शैक्षिक उत्कृष्टता, खेलकुद तथा सामाजिक समावेशितालाई प्राथमिकता दिँदै छात्रवृत्ति योजना ल्याएको जनाएको छ।


कलेजका अनुसार प्रवेश परीक्षामा प्रथम हुने विद्यार्थीलाई भर्ना शुल्कमा शतप्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ भने दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः पुस्तकालय शुल्क तथा मर्मत–विकास शुल्कमा सहुलियत दिइनेछ।

त्यसैगरी टर्मिनल परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई गिफ्ट ह्याम्पर तथा अन्तिम परीक्षामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।

कलेजले संस्थापक निर्देशक स्वर्गीय शोभा गुप्ता स्मृति छात्रवृत्ति अन्तर्गत बीबीएस चौथो वर्षका टपर विद्यार्थीलाई ५ हजार १ सय रुपैयाँ नगद पुरस्कार दिने जनाएको छ।

 

खेलकुदतर्फ क्रिकेट र फुटबलका प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडीलाई शतप्रतिशत छात्रवृत्ति तथा जिल्ला, प्याब्सन र एन–प्याब्सन स्तरका खेलाडीलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइनेछ।

एसईईमा ३.६१ वा सोभन्दा बढी जीपीए ल्याउने विद्यार्थीलाई मासिक शुल्कमा शतप्रतिशत छुट तथा ३.४१ देखि ३.६० जीपीए ल्याउनेलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको कलेजले जनाएको छ। शिक्षकका सन्तानलाई २५ प्रतिशत मासिक शुल्क छुट दिइनेछ।

यसैगरी वीरगञ्ज महानगरपालिकाका विद्यार्थीका लागि शिक्षा ऐन तथा नियमअनुसार कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई छात्रवृत्ति उपलब्ध गराइने कलेज प्रशासनले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण
राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

प्रकाशित : २०८३ बैशाख २९,मंगलवार
कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८३ बैशाख २९,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद