Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ बैशाख २२,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा — कलैया उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गामा भएको अतिक्रमण हटाउन कडा कदम चाल्दै ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ। उपमहानगरपालिकाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र अतिक्रमित संरचना हटाउन आग्रह गरेको हो।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहद्वारा जारी सूचनामा सार्वजनिक सम्पत्तिको संरक्षण, व्यवस्थापन र दीर्घकालीन उपयोग सुनिश्चित गर्न यस्तो निर्णय गरिएको उल्लेख छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन तथा नेपाल सरकार मन्त्रिपरिषद्को एक सय बुँदे कार्ययोजनाअन्तर्गत सार्वजनिक जग्गा संरक्षणलाई प्राथमिकतामा राखिएको जनाइएको छ।

सूचनाअनुसार सडक, खोला, नाला, ऐलानी, पर्ती, पार्क, गौचर, विद्यालय परिसर, सार्वजनिक पोखरी, धार्मिक स्थल, बजार क्षेत्र, मठमन्दिर, इनारलगायतका सार्वजनिक स्थान वरिपरि अवैध रूपमा निर्माण गरिएका घर, टहरा, घेरा वा अन्य संरचनाहरू ३५ दिनभित्र स्वेच्छाले हटाउन भनिएको छ। उपमहानगरपालिकाले यस्ता संरचनाहरूले सार्वजनिक उपयोगमा अवरोध सिर्जना गर्नुका साथै जोखिम पनि बढाएको जनाएको छ।

नगरपालिकाका अनुसार पछिल्लो समय तीव्र शहरीकरणसँगै सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणका घटनाहरू बढ्दै गएका छन्, जसले सडक विस्तार, ढल निकास, वातावरणीय सन्तुलन तथा सामुदायिक संरचनाहरूको संरक्षणमा चुनौती थपेको छ। यसलाई नियन्त्रण गर्न समयमै पहल आवश्यक देखिएको भन्दै स्थानीय तहले सक्रियता बढाएको हो।

सूचनामा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइनेछ। यसअन्तर्गत जरिवाना, संरचना हटाउने कार्य तथा अन्य कानुनी कदम चालिने सम्भावना रहेको जनाइएको छ।

उपमहानगरपालिकाले आम नागरिकलाई सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण नगर्न र जोखिमपूर्ण स्थानमा बसोबास नगर्न आग्रह गरेको छ। साथै, दीर्घकालीन रूपमा व्यवस्थित शहरी विकास र सार्वजनिक सम्पत्तिको संरक्षणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको पनि उल्लेख गरिएको छ।

स्थानीय तहको यो कदमलाई सार्वजनिक सम्पत्ति संरक्षणतर्फ सकारात्मक प्रयासका रूपमा हेरिएको छ भने प्रभावकारी कार्यान्वयनमा भने चुनौती रहने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग
आर्थिक

वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग

प्रकाशित : २०८३ बैशाख २२,मंगलवार
नेशनल मेडिकल कलेजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न; महाराजगन्ज मेडिकल क्याम्पस प्रथम
खेलकुद

नेशनल मेडिकल कलेजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न; महाराजगन्ज मेडिकल क्याम्पस प्रथम

प्रकाशित : २०८३ बैशाख २२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद