Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा एकै दिन तीन घटनाः आत्महत्या, कुटपिट र हत्या

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र ३०,सोमबार
A A
file photo

file photo

2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

२०८२ चैत २८ गते पर्सामा भएका तीन फरक–फरक घटनाले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएका छन् ।
पहिलो घटना,
वीरगंज महानगरपालिका–१० मा डेरा बस्दै आएकी २० वर्षीया माही गुप्ता आइतबार आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। रौतहटका दिपही निवासी उनी मोडलिङ र टिकटकमा सक्रिय थिइन्। वैवाहिक सम्बन्धमा तनाव र श्रीमानको दोस्रो विवाहको तयारीका कारण उनी मानसिक दबाबमा रहेको बताइएको छ । आत्महत्या गर्नु अघि उनले आफ्नो टिकटक आइडीमार्फत भिडियो पोस्ट गर्दै आफ्नो भावनात्मक पीडा व्यक्त गरेकी थिइन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतलले अनुसन्धान भैइरहेको छ ।

दोस्रो घटना
वीरगंज–१७ का ३० वर्षीय सकिन लाल देवानलाई आफ्नै कामदारमाथि कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । “साबिर फ्रेस हाउस एण्ड सप्लायर्स” मा कार्यरत २० वर्षीय नुर आलम देवानलाई लठ्ठीले कुटपिट गरेको भिडियो भाइरल भएपछि उनलाई नियन्त्रणमा लिइएको हो । भाइरल भिडियोमा साहु देवानले कामदारले पसलबाट कुखुरा चोरी गरेर बिक्री गरेको आरोप लगाउँदै निर्घात रूपमा कुटपिट गरिरहेको देखिन्छ । मानव अधिकारविरुद्धको कार्य भएको भन्दै सरोकारवालाहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तेस्रो घटना,
वीरगन्ज महानगरपालिका–९ श्रीपुरमा आइतबार साँझ भएको कुटपिटमा प्रहरी जवान २७ वर्षीय विकास चौरसियाको मृत्यु भएको छ । पर्साको कालिकामाई–१ मुडली निवासी चौरसिया जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत थिए र बिदामा घर आएका बेला घटना भएको हो। प्रहरीका अनुसार चौरसिया चिनजानकै सन्तोष साह र उनकी पत्नि सोनी कुमारी साह बस्ने डेरामा पुगेका थिए। त्यहाँ सामान्य विवाद चर्किँदै कुटपिटमा परिणत हुँदा सन्तोष, सोनीसहित अन्यले उनलाई रडले प्रहार गरेका थिए। गम्भीर घाइते चौरसियालाई नारायणी अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा संलग्न रहेको आरोपमा सन्तोष साह, सोनी कुमारी साह, विशाल साह र भारतका ओमवीर प्रजापतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले चारै जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पाठकले बताए । उनले भने, अहिलेसम्मको अनुसन्धानका क्रममा प्रहरी जवान चौरसियाको हत्या विवाहेतर सम्बन्धका कारण भएको देखिन्छ । यसबारेमा थप अनुसन्धान भइरहेको छ । चारै जनालाई हिरासतमा राखी घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८२ चैत्र ३०,सोमबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ चैत्र ३०,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद