Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

केन्द्रीय सदस्यमा निर्वाचित राहुल गुप्ता सम्मानित

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २७,शुक्रबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

नेपाल फोटो पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित वीरगञ्जका युवा पत्रकार राहुल गुप्तालाई नेपाल फोटो पत्रकार महासंघ पर्सा कार्यसमितिले सम्मान गरेको छ।

शुक्रबार आयोजित कार्यक्रममा महासंघ पर्सा कार्यसमितिले गुप्तालाई सम्मान गरेको हो। हालै चितवनको सौरहामा सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट गुप्ता केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। उनी नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्।

सम्मान कार्यक्रममा बोल्दै नेपाल फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष सफल खतिवडाले गुप्ता केन्द्रीय सदस्यमा निर्वाचित हुँदा वीरगञ्ज र पर्सा जिल्लाको पहिचान राष्ट्रिय स्तरमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे। उनले गुप्ताको अनुभव र नेतृत्वले फोटो पत्रकारिताको क्षेत्रमा सकारात्मक योगदान पुग्ने बताए।

कार्यक्रममा बोल्दै गुप्ताले आफूलाई गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै फोटो पत्रकारहरूको पेशागत हकहित, क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरणका लागि सक्रिय रहने प्रतिबद्धता जनाए।

खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष शम्भु सुमन, पूर्व सचिव तिवारी यादव, नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य आरोहण साहलगायतको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ चैत्र २७,शुक्रबार
मुख्य समाचार

नौतन टोलमा नाला निर्माणको गुणस्तरमाथि स्थानीयको प्रश्न

प्रकाशित : २०८२ चैत्र २७,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद