Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

पर्सा प्रशासनको निर्देशन — सरकारी सेवामा बिचौलिया प्रयोग नगर्न सक्दो सचेतना

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २२,आईतवार
A A
file photo

file photo

2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — पर्सा जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका सबै सरकारी कार्यालयलाई बिचौलिया मुक्त, छिटो, सरल र सहज सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।

आइतबार जारी विज्ञप्तिमा प्रशासनले सरकारी सेवामा बिचौलियाको दुरुपयोग रोक्न फरमान जारी गरेको हो। प्रशासनका अनुसार, सेवाग्राहीलाई सहयोग वा सहजीकरण गर्ने नाममा रकम असुल्ने जो कोही पनि कानुन बमोजिम कडा कारबाहीको दायरामा पर्नेछन्।

प्रशासकीय अधिकृत रेखा कुमारीले हाल प्रशासन कार्यालयबाट प्रदान हुने सेवाहरू नियमित रूपमा सहज र व्यवस्थित रूपमा सञ्चालन भइरहेको जानकारी दिइन्। उनले बिचौलियालाई लक्षित गर्दै कार्यालय परिसरभित्र मात्र नभएर वरिपरि पनि यस्ता गतिविधि नगर्न चेतावनी दिएकी छन्।

कुमारीले भनिन्, “प्रशासनको निर्देशन विपरीत कार्य भएको पाएमा निगरानी बढाएर तत्काल आवश्यक कारबाही गरिनेछ। यस कार्यालय तथा जिल्लास्थित कुनै पनि कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग तथा सहजीकरण गर्ने नाममा गैरकानुनी रकम असुल्ने कार्यमा संलग्न जो कोहीलाई पनि कानुन बमोजिम कडा कारबाही गरिनेछ।”

प्रशासनको यस कदमले सरकारी सेवामा पारदर्शिता बढाउने र सेवाग्राहीले सहज र सुरक्षित रूपमा सेवा लिन सक्ने वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ चैत्र २२,आईतवार
मुख्य समाचार

नौतन टोलमा नाला निर्माणको गुणस्तरमाथि स्थानीयको प्रश्न

प्रकाशित : २०८२ चैत्र २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद