Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिरगञ्ज–१६मा “रक्तदान नै जीवनदान हो” नारासहित रक्तदान कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २२,आईतवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बिरगञ्ज — क्वाइनोनिया बिरगंज चर्चले बिरगञ्ज–१६, मिथिलानगरमा “रक्तदान नै जीवनदान हो” भन्ने नारासहित रक्तदान कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा २३ महिला सहित ७९ जनाले रक्तदान गरेका छन्।

चर्चले विगतमा देश तथा समाजमा रहेका कुप्रथाहरुको विरोध गर्दै जनचेतना फैलाउने कार्यक्रमहरू संचालन गर्दै आएको छ। आइतबारको रक्तदान कार्यक्रम पनि बिरगञ्ज रक्तसञ्चार केन्द्रमा रगतको अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको थियो।

कार्यक्रममा बिरगञ्ज महानगर–१६ का वडाअध्यक्ष परशुराम चौरसियाले रक्तदानको महत्वबारे चर्चा गर्दै हरेक ३ महिनामा नियमित रक्तदान गर्न सबैलाई आग्रह गरे। नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेलले भने, “रगत अभावका कारण बिरामीहरूको उपचारमा समस्या भइरहेको छ। रक्तदाता र आयोजक परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु।”

कार्यक्रमका अन्य अतिथिहरूमा शिक्षाविद् मार्टिन मोक्तान, बिरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, राष्ट्रिय सम्पदा संरक्षण अभियानका संयोजक जफर अन्सारी, पर्सा ख्रीस्टियन समाजका अध्यक्ष पाष्टर सिमोन राई, साथै चर्चका पदाधिकारी, स्थानीय अग्रज, महिला र युवाहरूको सहभागिता रहेको थियो।

चर्चका पाष्टर राजकुमार घोमिरेले उपस्थित सबै रक्तदाता र सहयोगीलाई धन्यवाद व्यक्त गर्दै भने, “रक्तदानले मानवता बलियो बनाउँछ र यसले जीवनदानको महत्वलाई अझ सजीव बनाउँछ। हरेक नागरिकले यसमा सहभागिता जनाउनुपर्छ।”

कार्यक्रमले बिरगञ्जमा जनचेतना र समुदायको सहकार्यका माध्यमबाट स्वास्थ्य सेवामा योगदान पुर्‍याउने महत्वलाई पुनः पुष्टि गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ चैत्र २२,आईतवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ चैत्र २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद