Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

वीरगन्जमा भव्य ‘महाआरती एवं सांस्कृतिक सन्ध्या २०८२’ सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र १३,शुक्रबार
A A
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo:  ;confidence:  ;motionLevel: -1;weatherinfo: null;temperature: 35;

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 35;

3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — वीरगन्जस्थित गहवा माई मन्दिर परिसरमा ‘महाआरती एवं सांस्कृतिक सन्ध्या २०८२’ भव्य रूपमा सम्पन्न भएको छ। श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा भएको उक्त कार्यक्रममा हजारौँ श्रद्धालुहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमले धार्मिक पर्यटन प्रवद्र्धनसँगै सामाजिक सद्भाव र मानवीय सेवाको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

कार्यक्रमको समुद्घाटन प्रख्यात ज्योतिषविद् डा. पुरुषोत्तम दुबेको नेतृत्वमा दीप प्रज्वलनमार्फत गरिएको थियो। सो अवसरमा पण्डितहरूको टोलीले स्वस्तिवाचन तथा गणपति स्तोत्र पाठ गर्दै वातावरणलाई आध्यात्मिक बनाएको थियो। डा. दुबेले महाआरतीको धार्मिक तथा ज्योतिषीय महत्वबारे प्रकाश पार्दै यसले नगरमा शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो।

समितिका अध्यक्ष श्यामकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल मुख्य यजमानको रूपमा सहभागी हुनुभएको थियो भने वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

समितिका सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता) ले संस्थाको स्थापना र गतिविधिबारे जानकारी दिँदै सानो संकल्पबाट सुरु भएको अभियान आज व्यापक सामाजिक अभियानमा रूपान्तरण भएको बताउनुभयो। समितिले धार्मिक कार्यक्रमसँगै महाभण्डारा, रक्तदान, निःशुल्क आँखा शिविर लगायतका मानवीय सेवा निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

महाआरतीमा विभिन्न यजमानहरूले सहभागिता जनाउँदै दीप प्रज्वलन गरेका थिए। कार्यक्रममा प्रस्तुत गरिएको धार्मिक झाँकी, नृत्य तथा सांस्कृतिक प्रस्तुतीहरूले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।

कार्यक्रम संयोजक मुकेश प्रसाद साहले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजक, व्यवस्थापन टोली, सुरक्षा निकाय तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा समितिका पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८२ चैत्र १३,शुक्रबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ चैत्र १३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद