Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

मारवाडी प्रिमियर लिग–३ क्रिकेटको दोस्रो दिनका खेल सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ३०,शनिबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको ‘मारवाडी प्रिमियर लिग–३’ क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो दिनका खेलहरू सम्पन्न भएका छन्। प्रतियोगिता वीरगञ्जको आदर्शनगर रंगशालामा सञ्चालन भइरहेको छ।

ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भइरहेको प्रतियोगिता स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको हो। प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भई चैत ८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ भने प्रतियोगिता अवधिभर २३ खेल खेलाइने कार्यक्रम रहेको संयोजक केशव खेतानले जानकारी दिए। प्रतियोगिताको विजेता टोलीले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

दोस्रो दिनको पहिलो खेल मनास्थलु रैडर र अन्नपूर्ण टाइगरबीच भएको थियो। उक्त खेलमा मनास्थलु रैडरले पहिलो ब्याटिङ गर्दै अन्नपूर्ण टाइगरसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको अन्नपूर्ण टाइगरले ६ विकेटले जित हात पार्दै खेल आफ्नो पक्षमा पारेको थियो।

त्यसैगरी दोस्रो खेल धौलागिरी बैधीमाई र कञ्चनजंगा वीरगञ्जबीच सम्पन्न भएको आयोजकले जनाएको छ। प्रतियोगिताका आगामी खेलहरू पनि निर्धारित तालिका अनुसार आदर्शनगर रंगशालामै सञ्चालन हुनेछन्।

प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समुदायमा खेल संस्कृतिको विकास र आपसी सद्भाव अभिवृद्धि गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन ३०,शनिबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद