Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

पर्सा–१ मा कडा प्रतिस्पर्धाः एमालेका प्रदीप यादव अगाडि, कांग्रेस र रास्वपा ग्राफ घट्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १६,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज– पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका लागि यसपटक कडा प्रतिस्पर्धा देखिएको छ। नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवको बलियो व्यक्तित्व, उनले अघि बढाएका विकास निर्माणका काम तथा वीरगंजमा ल्याउन सफल भएका मेगा प्रोजेक्टहरूको प्रभावका कारण अन्य दलका उम्मेदवारहरू दबाबमा परेको आकलन गरिएको छ।

स्थानीय मतदाताहरूको प्रतिक्रियाअनुसार निर्वाचन सम्पन्न हुन अब एक सातामात्र बाँकी रहँदा एमाले उम्मेदवार यादव अग्रस्थानमा रहेको, कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेस्रो स्थानमा रहने अनुमान गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार कुनै अप्रत्याशित परिवर्तन नभए अन्य उम्मेदवारहरूको अवस्था कमजोर हुन सक्ने देखिन्छ।

देशभर नयाँ अनुहारप्रतिको आकर्षण बढिरहेको सन्दर्भमा पनि पर्सा–१ मा भने प्रदीप यादवको विगतको कार्यसम्पादन र जनतासँगको प्रत्यक्ष सम्बन्धले उनलाई बलियो उम्मेदवारका रूपमा स्थापित गरेको बताइन्छ। उनी जनतासँग ‘डाइरेक्ट कनेक्सन’ राख्ने नेताका रूपमा परिचित छन्, जसका कारण प्रतिस्पर्धी उम्मेदवारहरूलाई चुनौती थपिएको छ।

केही जेन–जेड पुस्ताका युवा मतदाताहरूका अनुसार पर्सा–१ मा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा देखिए पनि रास्वपाले पनि उल्लेख्य मत ल्याउन सक्ने सम्भावना छ। विशेषगरी स्वतन्त्र धारका मतदाताहरू तथा ‘नयाँ राजनीति’को पक्षधर युवाहरू रास्वपातर्फ आकर्षित हुन सक्ने आकलन गरिएको छ।

रास्वपाबाट पर्सा–१ मा होटल व्यवसायी हरि पन्त उम्मेदवार रहेका छन्। उनले पनि आन्तरिक रूपमा आफ्नो जनाधार विस्तार गरिरहेको देखिन्छ। हार–जित जे भए पनि एमाले, कांग्रेस र रास्वपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने संकेत देखिएको छ।

वीरगंज महानगरपालिका तथा पर्साका अन्य पालिकाहरूमा पानीको संकट उत्पन्न हुँदा तत्कालीन खानेपानी मन्त्रीसमेत रहेका प्रदीप यादवले देखाएको सक्रियता र दीर्घकालीन समाधानका लागि अघि सारेका मेगा प्रोजेक्टहरूले उनलाई जनतामाझ लोकप्रिय बनाएको समर्थकहरूको दाबी छ।

त्यस्तै सडक तथा पूर्वाधार विकास, धार्मिक क्षेत्रको संरक्षण, सार्वजनिक धर्मशाला तथा विवाह मण्डप निर्माणमा गरिएको पहल र लगानीका कारण पनि उनले जनसमर्थन बढाएको बताइन्छ। उनका समर्थकहरूका अनुसार पर्सा–१ मा विकासप्रेमी र प्रभावशाली नेताका रूपमा यादव नै अग्रस्थानमा रहेका छन्।

यद्यपि जानकारहरूका अनुसार यसपटक पर्सा–१ को निर्वाचन ‘महायुद्ध’सरह हुने देखिएको छ, जहाँ अन्तिम परिणामका लागि अन्तिम समयसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहनेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन १६,शनिबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद