Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको अठोट : जे गर्छु त्यहि बोल्छु

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १३,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने बिन्दवासिनी गाँउपालिकाको वडा नम्बर १ र २ मा बुधबार नेकपा एमालेको चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयले वडा नम्बर १ र २ का हरिनगर, गर्दौल र बहुअर्वामा बुधबार घरदैलो गर्दै स्थानीय मतदातासंग भेटघाट गर्दै उनिहरुका गुनासो र अपेक्षा सुनेका थिए ।

मतदातासंगको संवादका क्रममा एमाले उम्मेदवार पाण्डेयले आँफू , अरू नेता जस्तो नहुने र नगर्ने कामको झुटो आश्वासन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको आवश्यकता र हितका लागि विकासका सम्पूर्ण काम जितेर गएपछि पूरा गर्ने अठोट लिएको बताए ।
उनले भने,’भलै राजनीतिमा म नयाँ छु । तर पर्सा–३ का हरेक गाँउगाँउमा पुगेर वास्तविकता बुझेको छु । शिक्षा,स्वास्थ्य,कृषि र रोजगारी यहाँको मुख्य समस्या छन् । तीनै समस्या सामाधानका लागि मेरो मुख्य ध्यान रहनेछ ।’
पाण्डेयले स्थानीय मतदातालाई अरूको झुटो आश्वासनमा नपर्न आग्रह गर्दै आफू विजयी भएपछि स्वच्छ र स्पष्ट भिजनसहित जनताको सेवा गर्ने अवसर दिने विश्वास व्यक्त गरे।
घरदैलोका क्रममा पुगेका पाण्डेयलाई स्थानीय युवा मतदाताहरुले स्वागत गर्दै उनलाई जिताउन दिलोज्यानले लाग्ने प्रतिबद्धतापनि जनाएका थिए ।
घरदैलो कार्यक्रममा एमालेका स्थानीय नेता र कार्यकर्ताहरूकोपनि सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन १३,बुधबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद