Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १०,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — पर्सा क्षेत्र नम्बर–२ का नेपाली कांग्रेस का उम्मेदवार अजय चौरसिया ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर–१ छपकैया क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त कार्यक्रममा उम्मेदवार चौरसियाले टोल–टोलमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका थिए।

घरदैलोका क्रममा चौरसियाले नेपाली कांग्रेसले नै देशमा विकासको बलियो आधार निर्माण गरेको दाबी गर्दै विगतका उपलब्धिहरू स्मरण गराए। उनले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासमा कांग्रेसको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको हित, समृद्धि र सुशासनका लागि पार्टी प्रतिबद्ध रहने बताए।

उनले वर्तमान राजनीतिक अवस्थामा स्थायित्व र विकासको निरन्तरताका लागि नेपाली कांग्रेस आवश्यक रहेको धारणा राख्दै मतदातालाई कांग्रेसका उम्मेदवारहरूलाई चारै तहमा विजयी गराउन आग्रह गरे। “विकासको गति रोक्न नदिन र जनताको आवाज बलियो बनाउन कांग्रेसलाई साथ दिनु जरुरी छ,” उनले मतदातासँग आग्रह गरे।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले घरदैलो कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै उम्मेदवारसँग आफ्ना समस्या, गुनासा र अपेक्षाहरू राखेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०८२ फाल्गुन १०,आईतवार
परसवा गाउँमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रम सम्पन्न, स्थानीयको उल्लेखनीय सहभागिता
मुख्य समाचार

परसवा गाउँमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रम सम्पन्न, स्थानीयको उल्लेखनीय सहभागिता

प्रकाशित : २०८२ फाल्गुन १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद