Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

वीरगञ्ज–०७ मा घरदैलो गर्दै रामकिशोर सिंह (पराग), रोजगारी र युवा सशक्तीकरणको प्रतिबद्धता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ६,बुधबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नं. ०७ अन्तर्गत कुम्हालटोल र रामटोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
घरदैलोका क्रममा उम्मेदवार सिंहले स्थानीयवासी तथा युवाहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका गुनासा र सुझावहरू सुन्नुभयो। स्थानीयहरूले बस्ती व्यवस्थापन, नाला तथा सडक विकास, शिक्षा र स्वास्थ्य सेवामा देखिएका समस्याहरूबारे ध्यानाकर्षण गराएका थिए।
सो अवसरमा युवाहरूले रोजगारीको अभावका कारण केही युवा लागुऔषधको चपेटामा परेको विषय उठाएका थिए। उम्मेदवार सिंहले उक्त समस्या गम्भीर रहेको उल्लेख गर्दै आफू निर्वाचित भए लगत्तै युवाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने, सीपमूलक तालिम सञ्चालन गर्ने तथा स्वरोजगारका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ जस्तै काम गर्ने नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै “तपाईं पनि त्यस्तै परिणाममुखी काम गर्नुहोस्, हामी सबै तपाईंको साथमा छौं” भन्ने विश्वास व्यक्त गरेका थिए।
घरदैलो कार्यक्रममा स्थानीय युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन ६,बुधबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद