Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–३ मा एमाले उम्मेदवार रुपेश पाण्डेः ‘लोकप्रियताका लागि होइन, जनसेवाका लागि राजनीति’

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ४,सोमबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्सा क्षेत्र नम्बर–३ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश कुमार पाण्डे ले आफू राजनीति लोकप्रियता कमाउन नभई जनताको सेवाका लागि आएको स्पष्ट गर्नुभएको छ। मतदातासँगको भेटघाट तथा प्रत्यक्ष संवादका क्रममा उहाँले विकास र सुधारलाई केन्द्रमा राख्दै आफ्ना स्पष्ट एजेन्डा सार्वजनिक गर्नुभएको हो।

उम्मेदवार पाण्डेले कृषि क्षेत्रको रूपान्तरणलाई पहिलो प्राथमिकतामा राख्दै साना किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने, मलखाद तथा सिँचाइको सहज व्यवस्था मिलाउने र कृषि उपजको बजार व्यवस्थापन सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँका अनुसार कृषिमा आधारित अर्थतन्त्रलाई मजबुत बनाउने बिना समग्र विकास सम्भव छैन।

त्यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रको आधुनिकीकरणमा जोड दिँदै पाण्डेले प्रविधि र सीपमूलक कार्यक्रममार्फत शिक्षाको गुणस्तर वृद्धि गर्ने तथा स्वास्थ्य चौकीहरूको स्तरोन्नति गरी गुणस्तरीय स्वास्थ्य सेवा गाउँ–गाउँसम्म विस्तार गर्ने योजना प्रस्तुत गर्नुभयो।

युवा, महिला र जेष्ठ नागरिकलाई लक्षित एजेन्डा प्रस्तुत गर्दै उहाँले युवालाई नेपालमै सम्मानजनक रोजगारी र सीप विकासका अवसर सिर्जना गर्ने, महिलाको वास्तविक नेतृत्व तथा निर्णय प्रक्रियामा सहभागिता बढाउने र जेष्ठ नागरिकका लागि समुदाय–आधारित सहयोग तथा सम्मान सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो।

सांसद निर्वाचित भए नियमित जन–प्रतिवेदन सार्वजनिक गर्दै प्रत्यक्ष जवाफदेहिता कायम गर्ने प्रतिबद्धता जनाउँदै पाण्डेले भन्नुभयो, “म नारा होइन, संरचना बनाउन चाहन्छु। म भीड होइन, भविष्यसँग उभिन चाहन्छु। यदि राजनीति सेवा हो भने, म त्यसलाई व्यवहारमै देखाउन चाहन्छु।”

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ फाल्गुन ४,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ फाल्गुन ४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद