Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज–२४ रामगढवामा चौरसियाको आह्वान : विकास, सुशासन र संस्कृतिको रक्षा कांग्रेसबाट मात्र सम्भव

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं. २४ रामगढवामा नेपाली कांग्रेसका कार्यकर्ताहरूको भेला भव्य रूपमा सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त भेलाले वडा नं. २४ मा कांग्रेसको संगठन थप सुदृढ बनाउँदै चुनावी माहोललाई उत्साहजनक बनाएको सहभागीहरूले बताएका छन्।

भेलालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नं. २ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अजयकुमार चौरसिया ले नेपाली कांग्रेसले सधैं देशको विकासको जग बसाउँदै आएको स्मरण गराए। उनले सडक, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्रमा कांग्रेस नेतृत्वमा भएका कामहरू जनताका लागि उदाहरणीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि कांग्रेसले नै विकासको नयाँ लहर ल्याउन सक्ने दाबी गरे। त्यसका लागि लोकतान्त्रिक शक्तिलाई बलियो बनाउन सबैलाई कांग्रेसलाई मतदान गर्न आग्रह गरे।

चौरसियाले देशको ऐतिहासिक पहिचान जोगाउन, मौलिक संस्कृति संरक्षण गर्न तथा सुशासन कायम राख्न नेपाली कांग्रेस अपरिहार्य रहेको बताए। उनले आन्तरिक एकता र जनताप्रतिको जिम्मेवारी कांग्रेसको मुख्य शक्ति भएको उल्लेख गर्दै सबै नेता–कार्यकर्ता र शुभेच्छुकहरूलाई एकताबद्ध भएर चुनावी अभियानमा सक्रिय रूपमा लाग्न आह्वान गरे।

कार्यक्रममा मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेल को विशेष उपस्थिति रहेको थियो। त्यस्तै पूर्वमन्त्री जनार्दन सिंह क्षेत्री, कांग्रेसका केन्द्रीय सदस्य रामरुप कुर्मी, ओमप्रकाश शर्मा लगायतका नेताहरूले पनि भेलालाई सम्बोधन गर्दै कांग्रेसको नीति, सिद्धान्त र विकासमुखी दृष्टिकोणबारे धारणा राखेका थिए।

भेलामा कांग्रेसका अगुवा नेता तथा कार्यकर्ताहरू मोहम्मद साहाबुद्दिन, जंगाली राउत कुर्मी, पारस पटेल, सारदानन्द तिवारी, राजनाथ ठाकुर, रणजीत पटेल, रोशन पटेल लगायतको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले वडा नं. २४ मा कांग्रेसप्रतिको जनसमर्थन बढ्दो रहेको र आगामी निर्वाचनमा चौरसियालाई विजयी गराउन संगठित रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थीए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ फाल्गुन २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद