Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २३,शुक्रबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ।
आसन्न निर्वाचनको सन्दर्भमा पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले नागरिकता र मधेस मुद्दालाई पुनः केन्द्रमा राख्दै राजनीतिक सन्देश प्रवाह गर्न थालेको छ।

नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वकानुनमन्त्री अजयकुमार चौरसियाले मधेसका प्रमुख मागहरू कांग्रेसकै नेतृत्वमा संविधान संशोधनमार्फत सम्बोधन गरिएको दाबी गरेका छन्। वीरगन्ज महानगरपालिका–१० घडिअर्वामा शुक्रबार आयोजित कांग्रेसको वडा स्तरीय भेलामा बोल्दै उनले नागरिकता, प्रतिनिधित्व र निर्वाचन क्षेत्र निर्धारणजस्ता विषयमा कांग्रेसको भूमिका निर्णायक रहेको बताए।

चौरसियाका अनुसार जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, राज्यका निकायमा मधेसी सहभागिता सुनिश्चित गर्ने व्यवस्था र जन्मका आधारमा नागरिकता पाएकाहरूका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान दुई पटकको संविधान संशोधनमार्फत समेटिएको थियो। ‘यी कुनै पनि विषय संयोगले आएका होइनन्,’ उनले भने, ‘कांग्रेसको राजनीतिक इच्छाशक्ति र पहलका कारण सम्भव भएको हो।’

पूर्वकानुनमन्त्री चौरसियाले आफू मन्त्री रहेकै समयमा आमाको नामबाट सन्तानले नागरिकता पाउने कानुनी व्यवस्था अघि बढाइएको दाबी पनि गरे। नागरिकताको विषय मधेसमा लामो समयदेखि संवेदनशील रहँदै आएको सन्दर्भमा उनले कांग्रेसको उपलब्धि स्मरण गराउँदै मतदातासँग समर्थन मागे।

कार्यक्रममा बोल्दै चौरसियाले कांग्रेसमाथि नयाँ दलहरूबाट भइरहेको आलोचनाप्रति पनि प्रतिक्रिया जनाए। ‘राणा र राजाले समाप्त गर्न नसकेको कांग्रेसलाई आज नयाँ भनिने दलहरूले सक्दैनन्,’ उनले भने, ‘जनताको अधिकारका लागि जेलनेल भोगेको पार्टीलाई सिध्याउने सपना दिवास्वप्न मात्रै हुनेछ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रामरूप कुर्मी, मधेस प्रदेशका कृषिमन्त्री श्याम पटेल, पूर्वमन्त्री ओमप्रकाश शर्मा, महाधिवेशन प्रतिनिधि राकेश सिंहलगायत नेताहरूले पनि कांग्रेसको ऐतिहासिक भूमिका र मधेससँगको सम्बन्धबारे धारणा राखेका थिए।

वडा स्तरीय भेलाको अध्यक्षता बूथ सभापति रामनगिना साह कानुले गरेका थिए भने कार्यक्रमको सञ्चालन वीरगन्ज महानगर उपसभापति सन्तोष गुप्ताले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग
आर्थिक

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग

प्रकाशित : २०८२ माघ २३,शुक्रबार
बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण
मुख्य समाचार

बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण

प्रकाशित : २०८२ माघ २३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद