Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

“क्षेत्र नं. २ को मर्म र पीडा बुझेका छौं, सबै समस्या समाधान गर्छु” — भैयाराम यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २३,शुक्रबार
A A
7
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

बारा। नेपाली कांग्रेस बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार भैयाराम यादवले आफू क्षेत्र नं. २ को मर्म, पीडा र आवश्यकता राम्रोसँग बुझेको बताउँदै जनताको विश्वास पाए सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

आफ्नो निर्वाचन अभियानलाई तीव्र बनाउँदै यादवले क्षेत्र नं. २ अन्तर्गतका गाउँ–गाउँमा कांग्रेसका वडा तथा टोल स्तरीय समिति गठन गर्दै प्रत्यक्ष रूपमा जनतामा पुगिरहेका छन्। भेटघाट तथा छलफलका क्रममा उनले स्थानीय समस्या, विकासका आवश्यकता र जनताको अपेक्षाबारे प्रत्यक्ष जानकारी लिइरहेका छन्।

कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले पछिल्लो समय सो क्षेत्रबाट निर्वाचित उम्मेदवारहरू जनतासँग सम्पर्कविहीन बनेको गुनासो गर्दै अब जिल्लावासी र स्थानीय व्यक्ति नै प्रतिनिधि हुनुपर्ने आवश्यकता औंल्याएका छन्। जनताले आफ्नो दुःख–सुख बुझ्ने, सधैं साथमा रहने र समस्या पर्दा फर्केर आउने प्रतिनिधि चाहिएको बताएका छन्।
यादवले विगतमा निर्वाचित जनप्रतिनिधि निर्वाचनपछि क्षेत्रमा नफर्किने प्रवृत्तिले जनतामा निराशा बढेको उल्लेख गर्दै आफू भने सधैं जनतामाझ रहने स्पष्ट पारे। उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर विकासका काम अघि बढाइने बताए।
“जनताको विश्वास नै मेरो शक्ति हो,” यादवले भने, “म क्षेत्र नं. २ को प्रत्येक गाउँ र टोलको समस्या समाधानका लागि निरन्तर लागिरहनेछु।”

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ २३,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ २३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद