Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

पर्सा क्षेत्र नं.–१, वडा नं.–२३ मा कांग्रेस उम्मेदवार अनिल रुङटाको समर्थनमा जनसुनामीसहितको व्यापक घरदैलो अभियान सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २२,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वडा नम्बर–२३ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङटाको समर्थनमा व्यापक घरदैलो कार्यक्रम सम्पन्न भएको छ। जनताबीच जनसुनामी सिर्जना गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रम वडा नम्बर–२३ का बुथ सभापति लोकनारायण यादवको नेतृत्वमा सम्पन्न भएको हो।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय जनताको उल्लेखनीय सहभागिता देखिएको थियो भने नेपाली कांग्रेसप्रति जनताको उत्साह, भरोसा र समर्थन स्पष्ट रूपमा झल्किएको थियो। टोल–टोल र घर–घरमा पुगेको अभियानले चुनावी माहोल थप तातेको सहभागीहरूले बताएका छन्।
बुथ सभापति लोकनारायण यादवले घरदैलो कार्यक्रममार्फत पार्टीको नीति, सिद्धान्त तथा उम्मेदवार अनिल रुङटाको विकासमुखी सोचलाई प्रभावकारी रूपमा जनतामाझ पुर्‍याउन सफल भएको बताए। उनले पर्सा क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसको संगठन सुदृढ रहेको उल्लेख गर्दै बुथ तहबाटै सक्रियता बढाएर अनिल रुङटाको जित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
यादवले नेपाली कांग्रेस नै जनताको साँचो प्रतिनिधि पार्टी भएको दाबी गर्दै यसपटक जनताले सही निर्णय गर्ने विश्वास समेत व्यक्त गरे।
क्षेत्र नम्बर–१ का उम्मेदवार अनिल रुङटाले घरदैलो कार्यक्रममार्फत प्राप्त जनसमर्थनले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको बताए। उनले जनताको सुख–दुःखमा सधैं साथ रहने, विकास र सुशासनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍याउँदै पर्सा क्षेत्र नम्बर–१ लाई नमुना क्षेत्रका रूपमा विकास गर्ने संकल्प व्यक्त गरे।
“कांग्रेसको जित जनताको जित हो,” भन्दै रुङटाले सबैलाई एकताबद्ध भएर चुनावी अभियानमा सक्रिय रूपमा जुट्न आह्वान गरे।
आजको घरदैलो कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादवलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह

प्रकाशित : २०८२ माघ २२,बिहीबार
पर्सा–२ मा रास्वपाको जनसम्पर्क अभियान, शिक्षा–रोजगारी र महिलाको स्वरोजगारमा जोड
मुख्य समाचार

पर्सा–२ मा रास्वपाको जनसम्पर्क अभियान, शिक्षा–रोजगारी र महिलाको स्वरोजगारमा जोड

प्रकाशित : २०८२ माघ २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद