Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–३ मा चुनावी माहोल तात्दै, जगरनाथपुर–६ का वडा अध्यक्ष अजोध्या पटेल र युवा उम्मेदवार रूपेश कुमार पाण्डेबीच सान्दर्भिक भेटघाट

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २२,बिहीबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर–६ का निर्वाचित वडा अध्यक्ष अजोध्या पटेल र पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेबीच सान्दर्भिक भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
भेटघाटका क्रममा वडा अध्यक्ष पटेलले पर्सा–३ का लागि सक्षम, योग्य, विकासप्रेमी तथा स्पष्ट भिजन बोकेका युवा उम्मेदवारको रूपमा रूपेश कुमार पाण्डेको खुलेर प्रशंसा गरेका छन्। उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा पाण्डेलाई विजयी गराउन वडा स्तरदेखि क्षेत्र स्तरसम्म दृढतापूर्वक सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।
वडा अध्यक्ष पटेलले वर्तमान राजनीतिक परिवेशमा परिवर्तन, विकास र सुशासनप्रति प्रतिबद्ध नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै पर्सा–३ का जनताको चाहना र अपेक्षालाई सम्बोधन गर्न सक्ने उपयुक्त विकल्प रूपेश कुमार पाण्डे नै भएको बताए। उनले आगामी निर्वाचनमा पाण्डेको पक्षमा व्यापक जनसमर्थन जुट्ने विश्वाससमेत व्यक्त गरे।
युवा उम्मेदवार रूपेश कुमार पाण्डेले स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य गर्दै पर्सा–३ लाई विकास, रोजगारी, सुशासन र समृद्धिको दिशामा अघि बढाउने प्रतिबद्धता दोहोर्‍याए। उनले सबै पक्षका सुझाव र साथलाई आफ्नो मार्गदर्शनको आधार बनाउँदै समावेशी र परिणाममुखी राजनीति गर्ने बताए।
उनले संसदमा पुगेर पर्सा–३ का जनताका आधारभूत आवश्यकता, विकासका प्राथमिकता तथा स्थानीय तहसँग समन्वय गरेर दीर्घकालीन योजनाहरू अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ २२,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद