Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १६,शुक्रबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका अजय चौरसियालाई विजयी गराउने उद्देश्यले नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलका युवा एकजुट भएका छन्।

शुक्रबार चौरसियाको निवासमा सम्पन्न छलफल कार्यक्रममा नेविसंघ र तरुण दलका उल्लेख्य संख्यामा युवाहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा उम्मेदवार चौरसियाले संयमित र सकारात्मक ढंगले चुनावी अभियान अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे। कसैलाई हेप्ने वा गाली गर्ने प्रवृत्तिले पार्टीलाई फाइदा नहुने उनको भनाइ थियो।

चौरसियाले विगतदेखि वर्तमानसम्म देश, समाज र स्थानीय तहमा आफूले निर्वाह गरेको भूमिकालाई जनताले मूल्याङ्कन गरिरहेको उल्लेख गर्दै गाउँ–ठाउँमा प्राप्त माया र सम्मानप्रति गौरव महसुस गरेको बताए। आगामी दिनमा पनि यही विश्वास कायम रहने उनले अपेक्षा व्यक्त गरे।

छलफलमा सहभागी नेविसंघका केन्द्रीय सदस्य त्रिलोकी साहले नेपाली काँग्रेस युवाहरूको ठूलो आधार भएको पार्टी भएकाले सबै एकढिक्का भएर लागे पर्सा–२ मात्र नभई पर्साका अन्य क्षेत्रमा पनि काँग्रेस उम्मेदवारलाई जिताउन सहज हुने धारणा राखे।

त्यस्तै नेपाल तरुण दलका नेता दिनेश यादवले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै लोकतन्त्रको रक्षाका लागि काँग्रेस उम्मेदवारको विजय आवश्यक रहेको बताए। उनले चारवटै निर्वाचन क्षेत्रमा काँग्रेस उम्मेदवार जिताउन युवाहरू सक्रिय हुनुपर्ने धारणा राखे।

नेविसंघका केन्द्रीय सदस्य विकेह पटेलले सबै नेता–कार्यकर्ता आ–आफ्नो तहबाट स्पष्ट चुनावी रणनीतिसहित सक्रिय हुनुपर्ने बताए। साथै, काँग्रेसविरुद्ध सुनियोजित रूपमा फैलाइने अफवाहको सत्य–तथ्य मिडियामार्फत सार्वजनिक गर्नुपर्नेमा जोड दिए।

काँग्रेसका युवा नेता सोहैल तन्वीरले गलत प्रचारको प्रतिवाद तथ्य र प्रमाणका आधारमा गर्नुपर्ने बताए भने युवा नेता रञ्जित कुमार पटेलले पर्सा–२ का उम्मेदवार चौरसिया सक्षम, इमानदार, अनुभवी र विकासप्रेमी रहेको उल्लेख गर्दै फुटेर होइन, जुटेर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाली काँग्रेसका अगुवा नेता–कार्यकर्ता तथा मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेललगायतको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ १६,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ १६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद