Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–१ मा चुनावी चहलपहल तीव्र, नयाँ र पुराना अनुहारबीच प्रतिस्पर्धा

by प्रणय साह
प्रकाशित : २०८२ माघ ८,बिहीबार
A A
3
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — उम्मेदवारहरूले मनोनयन दर्ता गरेसँगै पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा निर्वाचनको माहोल तातिएको छ। आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै यस क्षेत्रमा पुराना दलका अनुभवी उम्मेदवारसँगै केही नयाँ अनुहारहरू पनि चुनावी मैदानमा उत्रिएका छन्।

यसपटक पर्सा–१ मा पुराना दलका उम्मेदवारहरूलाई नयाँ पुस्ता र वैकल्पिक राजनीतिक धारले चुनौती दिएको देखिन्छ। जेन–जी पुस्ताले खोजेको परिवर्तनको एजेन्डा बोकेर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार बुद्धिबहादुर पन्त चुनावी मैदानमा उत्रिएका छन्। होटल तथा पर्यटन व्यवसायी पृष्ठभूमिबाट राजनीतिमा आएका पन्तले सुशासन र नयाँ राजनीतिक संस्कृतिलाई मुख्य मुद्दा बनाएका छन्।

नेकपा एमालेबाट विद्यार्थी संगठन अनेरास्ववियु हुँदै राजनीतिमा उदाएका रामकिशोर सिंह (पराग) पनि पर्सा–१ का चर्चित उम्मेदवारमध्ये एक हुन्। उनी स्थानीय तह हुँदै संसदीय राजनीतितर्फ अघि बढेका युवा नेता मानिन्छन्।

दल परिवर्तन गर्दै नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका पूर्वमन्त्री प्रदीप यादव लगातार तेस्रो पटक ९ह्याट्रिक० जित्ने रणनीतिमा छन्। निरन्तर संसदीय राजनीतिमा सक्रिय यादवलाई उनका समर्थकहरूले ‘निरन्तरताको राजनीति’को प्रतीकका रूपमा प्रस्तुत गरिरहेका छन् भने विपक्षीहरूले भने नयाँ विकल्पको आवश्यकता औँल्याइरहेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटा लामो समयदेखि प्रतिनिधिसभा निर्वाचनमा जितविहीन अवस्थालाई तोड्ने प्रयासमा छन्। २०७४ सालको निर्वाचनमा जसपाका प्रदीप यादवसँग पराजित भएका रुंगटाले यसपटक पुनः प्रतिस्पर्धा गर्ने अवसर पाएका हुन्।

२०७४ सालदेखि यस क्षेत्रमा आफ्नो राजनीतिक बिरासत जोगाउँदै आएको जनता समाजवादी पार्टी ९जसपा० ले यसपटक भने नयाँ अनुहार अघि सारेको छ। जसपाका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव पनि चुनावी मैदानमा छन्। उनी २०७९ सालमा पर्सा–२ ९ख० बाट प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारसँग १ हजार ६५७ मतान्तरले पराजित भएका थिए।

त्यस्तै, नेकपा एमालेबाट विद्रोह गरी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका युवा नेता रामकिशोर सिंह ९पराग० पनि यस क्षेत्रका चर्चित प्रतिस्पर्धीमध्ये एक बनेका छन्।

पर्सा–१ मा यसपटक अनुभवी, नयाँ पुस्ता, वैकल्पिक राजनीति र निरन्तरताको बहससँगै बहुकोणीय प्रतिस्पर्धा देखिएको छ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूको गतिविधि र चुनावी सरगर्मी अझ बढ्ने अपेक्षा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ ८,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ ८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद