Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा–४ का जनताले भूमिपुत्रलाई नै विजयी बनाउनेछन् – जस्पा नेपालका उम्मेदवार सन्जु साह

by प्रणय साह
प्रकाशित : २०८२ माघ ८,बिहीबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

बारा — जनता समाजवादी पार्टी (नेपाल) का बारा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सन्जु साहले बारा – ४ का मतदाताले यसपटक ‘भूमिपुत्र’लाई मत दिएर विजयी बनाउने दाबी गरेका छन्। बाहिरबाट आएका उम्मेदवारहरूको क्षेत्रमा कुनै प्रभाव नपर्ने उनको भनाइ छ।

आइतबार परवानीपुर गाउपालिका वडा नम्बर ५ मा आयोजित चुनावी भेटघाट  कार्यक्रममा बोल्दै साहले आफू लामो समयदेखि बारा–४ को जनजीवनसँग जोडिएको र स्थानीय समस्याबारे राम्रो जानकारी भएको व्यक्ति भएकाले जनताको समर्थन आफूलाई नै प्राप्त हुने बताए। “बारा–४ का जनताले आफ्नै माटोमा जन्मिएको, यहाँकै दुःख–सुख बुझेको उम्मेदवारलाई रोज्नेछन्,” उनले भने, “बाहिरियहरूको यहाँ केही चल्दैन।”

साहले बारा–४ मा शिक्षा, स्वास्थ्य, सिँचाइ, रोजगारी र सडक पूर्वाधारजस्ता आधारभूत समस्या अझै समाधान हुन नसकेको उल्लेख गर्दै आफू निर्वाचित भए ती विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। उनले स्थानीय युवालाई रोजगारी सिर्जना, किसानलाई मल–बीउको सहज व्यवस्था र सीमावर्ती क्षेत्रमा देखिने समस्या समाधानमा विशेष पहल गर्ने बताए।

उनका अनुसार जनताको विश्वास र समर्थन नै आफ्नो सबैभन्दा ठूलो शक्ति हो। “पार्टीभन्दा ठूलो जनता हुन्,” उनले भने, “जनताको अपेक्षा पूरा गर्ने जिम्मेवारीबोधका साथ चुनावी मैदानमा उत्रिएको छु।”

कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ ८,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ ८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद