२१ फागुनको निर्वाचनका लागि तयारी पूरा
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज देशभर हुँदैछ। निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी सबै तयारी पूरा भएको जनाएको छ।
आयोगले उम्मेदवारी दर्ताका क्रममा तडकभडक नगरी शान्त, मर्यादित र अनुशासित रूपमा निर्वाचन कार्यालय पुग्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरेको छ। भीडभाड कम गर्न प्रमुख दल र उम्मेदवारका लागि समयसमेत तोकिएको छ।
यसअघि आयोगले समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिकबाट ११० र प्रत्यक्षबाट १६५ सांसद निर्वाचित हुने व्यवस्था छ।
जेन–जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक स्रोत–साधन उपलब्ध गराएको छ भने निर्वाचन सुरक्षाका लागि प्रहरी छनोट प्रक्रिया पनि सुरु भइसकेको छ।
राजनीतिक दलहरूको अवस्थास्
🔹 एमालेस् सबै क्षेत्रमा उम्मेदवार छनोट सम्पन्न
🔹 नेपाली कांग्रेसस् केही क्षेत्रमा छनोट प्रक्रिया जारी
🔹 रास्वपा लगायत दलहरूस् उम्मेदवार छनोट गरी आधिकारिक पत्र वितरण
उम्मेदवारले मनोनयनका क्रममास्
नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि
सम्बन्धित पालिकारनगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम भएको निस्सा
आयोगले तोकेका अन्य कागजात अनिवार्य रूपमा ल्याउनुपर्नेछ।
२०७९ मा प्रतिनिधिसभा विघटन भएपछि हुन लागेको यो निर्वाचनलाई लिएर आयोगले आज देशभर उत्साहपूर्ण रूपमा मनोनयन कार्यक्रम अघि बढ्ने विश्वास व्यक्त गरेको छ।
© 2024



