Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

वीरगन्ज समाज सेवाद्वारा नारायणी अस्पतालमा २१औँ महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न

by प्रणय साह
प्रकाशित : २०८२ पुष २६,शनिबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज।
वीरगन्ज समाज सेवाले नारायणी अस्पताल, वीरगन्जमा लगातार २१औँ महिनासम्म सञ्चालन गर्दै आएको साप्ताहिक निःशुल्क भोजन कार्यक्रम शनिबार सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ।

गत वर्षदेखि प्रत्येक शनिबार बिहान ९ः३० बजेदेखि अस्पताल परिसरमा सञ्चालन हुँदै आएको उक्त कार्यक्रमबाट उपचाररत विपन्न बिरामी, कुरुवा, असहाय व्यक्ति, रिक्सा तथा ई–रिक्सा चालक र यात्री बटुवाहरू लाभान्वित हुँदै आएका छन्। कार्यक्रममा घरमै बनाएको जस्तै सफा, शुद्ध र पोषिलो भोजन वितरण गरिँदै आएको आयोजकले जनाएको छ।

लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको जन्मजयन्तीको अवसरमा यस पटकको कार्यक्रम लायन्स क्लब अफ आदर्शनगर, वीरगन्जको सहआयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा भात, दाल, आलु–कोभीको तरकारी र भुटेको हरियो खुर्सानी सहित करिब ६ सय जनालाई भोजन गराइएको वीरगन्ज समाज सेवाका सचिव तथा लायन्स क्लब आदर्शनगरका डिस्ट्रिक्ट एजुकेटिभ चिफ प्रकाश बाहेतीले जानकारी दिनुभयो।

कार्यक्रममा वीरगन्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले “सेवा नै धर्म हो” भन्ने मूलमन्त्र आत्मसात गर्दै प्रत्येक हप्ता ४५० देखि ५०० जनासम्म लाभान्वित हुँदै आएको बताउनुभयो। दिनदुखी तथा असहायको सेवा गर्दा आत्मसन्तुष्टि र गौरवको अनुभूति हुने उल्लेख गर्दै उहाँले सबैलाई आ–आफ्नो स्थानबाट सेवा सहयोग गर्न आग्रह गर्नुभयो।

त्यस अवसरमा भारतको रक्सौल लायन्स क्लबका अध्यक्ष समाजसेवी विमल सराफले मेल्भिन जोन्सको जन्मजयन्तीका अवसरमा विश्वभर नै सेवा कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै वीरगन्ज समाज सेवासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो। दिनदुखीको सेवा नै मानवताको सर्वोच्च धर्म भएको उहाँको भनाइ थियो।

कार्यक्रममा वीरगन्ज समाज सेवाका उपाध्यक्ष मनोज प्रसाद रौनियार, सदस्यहरू मदन प्रसाद गुप्ता, निसान्त लाठ, राजेन्द्र भट्टराई, लालबाबु सिंह, सान्चे मगरलगायतको सहभागिता रहेको थियो। त्यसैगरी लायन्स क्लब आदर्शनगरका अध्यक्ष सुरेश रुङ्टा, उपाध्यक्ष किशोर गुप्ता, सचिव मनिष गोयल तथा लायन्स क्लब रक्सौलका पूर्व अध्यक्ष साइमोन रेक्सलगायतले सेवा प्रदान गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

स्वास्थ्य बिमा कार्यक्रम त्रिवि शिक्षण अस्पतालद्वारा  बन्द
मुख्य समाचार

स्वास्थ्य बिमा कार्यक्रम त्रिवि शिक्षण अस्पतालद्वारा बन्द

प्रकाशित : २०८२ पुष २६,शनिबार
पर्सा–बाराबाट शिवभक्त तीर्थालुको परम्परागत ‘काफिला’ यात्रा सुरु
धर्म

पर्सा–बाराबाट शिवभक्त तीर्थालुको परम्परागत ‘काफिला’ यात्रा सुरु

प्रकाशित : २०८२ पुष २६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद