Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंजमा ‘रन टुगेदर, राइज टुगेदर’ म्याराथन सम्पन्न

by प्रणय साह
प्रकाशित : २०८२ पुष १९,शनिबार
A A
6
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज — युथ सर्भ फाउण्डेशन र त्रिविया डिजिटल स्कुपको संयुक्त आयोजनामा वीरगंजमा ‘रन टुगेदर, राइज टुगेदर’ शीर्षकको म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। फाउण्डेशनका अध्यक्ष नकुल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी, युवा तथा खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले खेलकुद र खेलाडी महानगरपालिकाको प्राथमिकतामा रहेको स्पष्ट पारे। खेलकुदकै माध्यमबाट देशको पहिचान स्थापित हुने उल्लेख गर्दै उनले खेलाडीको सम्मान र प्रोत्साहन आवश्यक रहेको बताए। महानगरपालिकाले नयाँ खेलाडी उत्पादन, क्षमता विकास, सम्मान तथा प्रोत्साहनका कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटिएको जानकारी पनि दिए। खेलकुदले अनुशासन, स्वास्थ्य र आत्मविश्वास वृद्धि गर्ने भएकाले युवालाई खेलतर्फ आकर्षित गर्न स्थानीय सरकारले निरन्तर पहल गरिरहेको सिंहको भनाइ थियो।
कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. २० का वडाध्यक्ष रामकिशोर सिंह पराग, लायन्स क्लब इन्टरनेशनल ३२५ एसका प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर रामबिहारी पाण्डे, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ बासु तिमिल्सिना, प्याबसन पर्साकी उपाध्यक्ष सुशिला साह, पर्सा जिल्लाका एथ्लेटिक्स प्रशिक्षक विश्वेश्वर पटेललगायतले नियमित दौड तथा खेलकुदले शारीरिक र मानसिक स्वास्थ्य मजबुत बनाउने धारणा राखे।
युथ सर्भ फाउण्डेशनका अध्यक्ष गुप्ताले विशेषगरी विद्यार्थीहरूलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको बताए। दौडप्रति रुचि भएका प्रतिभालाई अवसर प्रदान गर्नु पनि कार्यक्रमको मुख्य लक्ष्य रहेको उनले उल्लेख गरे।
कार्यक्रम संयोजक दिपु वर्णवालले धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबै संघ–संस्था, स्वयंसेवक, सहभागी तथा समर्थकप्रति आभार व्यक्त गरे। यस्ता कार्यक्रमले वीरगंजलाई खेलकुदमैत्री सहरको रूपमा चिनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
म्याराथन प्रतियोगितामा श्री जनता माध्यमिक विद्यालय, उम्जन (बारा) का पप्पु कुमार यादव प्रथम भए। सोही विद्यालयका धिरज प्रसाद यादव द्वितीय र वीरगंजस्थित एसआर ग्यालेक्सीका सचिन यादव तृतीय भए। प्रथम हुने यादवले एक थान साइकलसहित नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे भने द्वितीय हुने धिरज यादवले नगद ५ हजार १ सय र तृतीय हुने सचिन यादवले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरे। सबै विजेतालाई मेडल, प्रमाणपत्र तथा एक–एक जोर जुत्ता प्रदान गरिएको थियो।
कार्यक्रम संयोजनमा अंकित चौरसिया र नरोत्तम पाण्डेलगायतको सक्रिय भूमिका रहेको थियो। कार्यक्रममा प्रभु अस्पतालका प्रबन्ध निर्देशक डा. मनोज गुप्ता, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी थापा, लायन्स क्लब अफ वीरगंज ह्युमानिटीका अध्यक्ष अमरकान्त झा, मानव सेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ता, प्याब्सन तथा एन–प्याब्सन वीरगंजका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।
युथ सर्भ फाउण्डेशनकी सचिव सोनालाल सहनीका अनुसार प्रतियोगितामा बारा र पर्सा जिल्लाबाट २५० भन्दा बढी धावकहरूको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ पुष १९,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ पुष १९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद