Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा सीमामा ‘अवैध प्रवेश’ सतर्कता कडा – बंगलादेशी–रोहिंग्या प्रवेशको सूचना पाएपछि निगरानी थप

by प्रणय साह
प्रकाशित : २०८२ मंसिर १७,बुधबार
A A
cdo parsa

cdo parsa

2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज— भारतमा अवैध रूपमा बसोबास गर्दै आएका बंगलादेशी र रोहिंग्या समुदायका व्यक्तिहरू गैरकानुनी रूपमा नेपाल प्रवेश गरिरहेको सूचना सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय पर्साको गम्भीर ध्यानाकर्षण भएको छ।

जिल्ला प्रशासन कार्यालय ९जअप्रका० पर्साले बुधबार सूचना जारी गर्दै वीरगञ्जसहित सबै सीमा नाकामा सुरक्षा निगरानी कडा बनाइएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलद्वारा जारी सूचनामा सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद व्यक्तिहरू प्रवेश गर्न सक्ने आशंका कायमै रहेको बताइएको छ।

उनका अनुसार सुरक्षा निकायलाई कडाइका साथ चेकजाँच, सोधपुछ र अनुगमन गर्न निर्देशन दिइएको छ। कुनै शंकास्पद व्यक्ति जिल्लामा देखिएमा नजिकको सुरक्षानिकायलाई तत्काल जानकारी दिन जअप्रकाले स्थानीयहरुलाई अपिल गरेको छ।

सूचनामा परिचय नखुलेका वा अपरिचित व्यक्तिहरूलाई घरमा बस्न नदिन, कुनै कामकाजमा नलगाउन जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आग्रह गरिएको छ।

यसअघि मंसिर १४ गते पर्साका जेनजी युवा समूह र हिन्दु सम्राट सेना नेपालले जअप्रका पर्सामा ज्ञापनपत्र बुझाउँदै भारतबाट लखेटिएका बंगलादेशी–रोहिंग्या व्यक्तिहरू विभिन्न नाकाबाट नेपाल प्रवेश गर्न थालेको दाबी गरेका थिए।

खुला सीमाको दुरुपयोग बढ्दै गएको, भारततर्फबाट घुसपैठ, मानव तस्करी र संगठित अपराध बढिरहेको भन्दै सीमा सुरक्षा मजबुत बनाउन उनीहरूले माग गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ मंसिर १७,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ मंसिर १७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद