Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

इँटा उद्योगका नाममा भारत हुँदै बंगलादेशी–रोहिंग्या नेपाल पस्ने जोखिम बढ्यो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ मंसिर १७,बुधबार
A A
photo credit annapurnapost

photo credit annapurnapost

2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

झापा – झापामा सञ्चालित चिम्नी इँटा उद्योगमा भारतबाट अस्थायी प्रवासी मजदुरहरू परिवारसहित धमाधम नेपाल छिरिरहेका छन्। तर, त्यसरी नेपाल आइरहेका भारतीय अस्थायी प्रवासी मजदुरको यकिन तथ्यांक झापा जिल्लाका प्रहरी, प्रशासनसँग छैन। त्यसैकारण, बंगलादेशी तथा रोहिंग्या नागरिक पनि भित्रिन सक्ने जोखिम बढेको छ।

छिमेकी भारतको पश्चिम बंगालबाट बंगलादेशी तथा रोहिंग्या नागरिक अवैध रूपमा नेपाल भित्रिन सक्ने भन्दै सशस्त्र प्रहरीले पछिल्लो समय जिल्लाका सीमा नाकामा उच्च सतर्कता अपनाएको छ। तर, भद्रपुर र काँकडभिट्टा सीमा नाकामै इँटाभट्टामा काम गर्न आएका भारतीय मजदुरहरूको विवरण संकलन र परिचयपत्र चेकजाँच नगर्दा सुरक्षा निकायलाई समस्या उत्पन्न भएको छ। भारतबाटै बस रिजर्भ गरी नेपाल आउने गरेका भारतीय मजदुरहरू सोझै इँटा उद्योग पुगेर काम गर्न थालिसकेका छन्।

इँटा उद्योगमा काम गरिरहेका भारतीय अस्थायी प्रवासी मजदुरहरूको परिवारसहितको विवरण संकलनको काम भइरहेको सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ गण हेडक्वार्टर झापाका एसपी तुलबहादुर भण्डारीले जानकारी दिए।

भारतबाट नेपाल छिर्न सक्ने बंगलादेशी तथा रोहिंग्या नागरिकहरू इँटा उद्योग गएर बसोबास गर्न सक्ने पहिलो सम्भावित स्थान रहेको भन्दै जिल्ला सुरक्षा निकायको बैठकमा छलफल भएको थियो। यसबारेमा झापा इँटा उद्योग संघका पदाधिकारीसँग पनि समन्वय र सहकार्य भइरहेको एसपी भण्डारीले बताए।

भारतीय आधार, पेन तथा भोटर्स कार्ड बंगलादेशी तथा रोहिंग्या नागरिकसँग छ। ‘भारतीय परिचयपत्र भएकाले उनीहरूलाई पहिचान गर्न समस्या भइरहेको छ,’ एसपी भण्डारीले भने, ‘इँटा उद्योगमा काम गरिरहेकाहरूसँग पनि भारतीय परिचयपत्र होला, तर जिल्लामा कति मजदुर आएको भनी यकिन तथ्यांक नहुँदा पहिलो चरणमा उनीहरूको विवरण संकलन गरिरहेका छौं।’

इँटा उद्योगको मजदुरहरूको विवरण संकलनका लागि नेपाल प्रहरीले पनि समन्वय र सहकार्य गरिरहेको उनले बताए। जिल्लामा २४ वटा चिम्नी इँटा उद्योग सञ्चालनमा रहेको झापा इँटा उद्योग संघका सचिव विष्णुप्रसाद घिमिरेले जानकारी दिए।

प्रायः उद्योगहरूमा इँटा बनाउने र पोल्नेहरू भारतको पश्चिम बंगालस्थित कोचविहार, माथाभांगा क्षेत्रबाट आएको बताउँदै सचिव घिमिरेले भने, ‘मेरो इँटाभट्टामा काम गर्ने भारतीय मजदुरहरूको परिचयपत्रसहितको विवरण अपडेट राखेका छौं, अन्यहरूका बारेमा थाहा भएन, त्यस बारेमा बुझ्नुपर्छ।’ कम्तीमा ५० देखि बढीमा दुई सयसम्म मजदुरहरू एउटा इँटाभट्टामा काम गर्न आएका छन्। उनीहरू बालबालिकासहित आएकाले संख्या अझ बढ्न सक्छ। इँटाभट्टामा मुस्लिम जातिका बंगाली भाषा बोल्ने मजदुरहरू मंसिरदेखि चैतसम्म काम गर्न आएका हुन्छन्।

भारतको निर्वाचन आयोगले पश्चिम बंगालसहित १२ राज्यमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण ९एसआईआर० सुरु गरिसकेको छ। पूर्वी नेपालको सीमासँग जोडिएको पश्चिम बंगालमा पनि एसआईआर जाँच सुरु भएपछि त्यहाँ वर्षौंदेखि लुकिछिपी बसोबास गर्दै आइरहेका बंगलादेशी तथा रोहिंग्या नागरिकको उठिबास भएको छ।

अवैध प्रक्रियाबाट आधार कार्ड, पेन कार्ड र मतदाता परिचयपत्रसमेत बनाएर बसोबास गर्दै आइरहेका बंगलादेशी तथा रोहिंग्या नागरिकले एसआईआर जाँचमा पुरानो कागजात देखाउन नसक्ने डरका कारण अहिले धमाधम भारत छाडिरहेका छन्। सभार अन्‍नपूर्ण पोष्टमा पत्रकार पार्थ मण्डल झापाबाट लेखनुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ मंसिर १७,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ मंसिर १७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद