बारा।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित प्रहरी चौकी पथलैयाले सोमबार बेलुकी करिब ७ बजे ठूलो परिमाणमा अवैध रूपमा ढुवानी हुँदै गरेको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना।७ख–५८५२ नम्बरको ट्रक जाँच गर्दा बिल–बिजकमा उल्लेखित सामग्रीभन्दा फरक सामान भेटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक ९स।न।नि० रुपेश थपलियाले जानकारी दिए।
उनका अनुसार ट्रकमा कटन मार्किङ कपडा, कुर्ता–सुरुवाल, सारी, लेडिज साल, प्रिन्ट कपडा र झोलाको कपडा लगायत गरी करिब ४२ लाख ५५ हजार रुपैयाँ बराबरको लत्ताकपडा लोड गरिएको थियो।
अवैध रूपमा लुकाइ–छिपाइ ल्याइएका ती सबै सामग्रीसहित ट्रक नियन्त्रणमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



