काठमाडौं । क्युरेक्स फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको एउटा औषधि बजारबाट तात्काल फिर्ता (Recall) गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले निर्देशन दिएको छ। विभागका अनुसार सो औषधिमा न्यून गुणस्तर पाइएको हो।
विभागले काभ्रेको बनेपास्थित क्युरेक्स फर्मास्युटिकल्सले उत्पादन गरेको पारासिटामोल IP 500 mg (Rexamol) लाई बजारबाट तुरुन्त फिर्ता गर्न भनेको छ।
ब्याच नम्बर : TRX–695
उत्पादन मिति : नोभेम्बर 2025
म्याद सकिने मिति : अक्टोबर 2026

विभागका अनुसार उक्त ब्याचको औषधि राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा Dissolution Test performed 2022 मापदण्डअनुसार नमिलेको हुनाले औषधि न्यून गुणस्तर (Substandard) भएको पुष्ट गरिएको छ।
औषधि ऐन, २०३५ को दफा १४ बमोजिम २०८२/०८/१० गते प्रकाशित सूचनामार्फत औषधि फिर्ता (Recall) गर्न निर्देशन गरिएको विभागले जनाएको छ।
विभागले सम्बद्ध उद्योग तथा प्रतिनिधिहरूलाई उक्त ब्याचका सबै औषधिहरू तुरुन्त बजारबाट फिर्ता गरी सम्पूर्ण विवरण विभागमा पेश गर्न कडाइका साथ आदेश दिएको छ।
त्यसैगरी, विभागले सर्वसाधारण तथा स्वास्थ्यकर्मीलाई ब्याच नम्बर TRX–695 रहेको औषधिको सिफारिस, बिक्री–वितरण तथा प्रयोग नगर्न र नगराउन विशेष अनुरोध गरेको छ।



