सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहतका इकाइहरूले विशेष सूचनाका आधारमा कृषि क्षेत्रमा जडान गरिएका ट्रान्सफर्मरबाट तामाको तार चोरी गर्ने एक ठूलो संगठित गिरोहलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार उक्त गिरोहले सर्लाहीका विभिन्न स्थानमा खेतीपातीका लागि जडान गरिएका ट्रान्सफर्मरका महँगा तामाका तार काटेर निरन्तर चोरी गर्दै आएका थिए।
बरामद सामान ,पक्राउ परेकाहरूको साथबाट प्रहरीले
चोरीमा प्रयोग गरिएका २ वटा ई–रिक्सा
५१ थान विभिन्न औजार (कटर, चक्कु, पेचकस आदि)
११ थान मोबाइल फोन
१०३।८ किलो तामाको तार
बरामद गरेको छ।
पक्राउ परेका व्यक्तिहरू
प्रहरीले विभिन्न स्थानका नौ जनालाई पक्राउ गरेको जनाएको छ। उनीहरू यसअघिदेखि पनि यस्तै प्रकृतिका अपराधमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका व्यक्तिहरूको विवरणः
दिलीप कुमार ओझा (३३ वर्ष) – पर्सा, वीरगञ्ज–१६
सुखाडी सहनी (५० वर्ष) – भारत बिहार, पूर्वी चम्पारण हाल वीरगञ्ज–१५
सरोज कुमार सहनी (२० वर्ष) – सुखाडी सहनीका छोरा, हाल वीरगञ्ज–१५
कृष्ण श्रीवास्तव (३९ वर्ष) – संचालक, गढीमाई मेटल उद्योग, जितपुरसिमरा–६, बारा
बुधे माझी (५३ वर्ष) – बर्दिबास–३, महोत्तरी
सोनाम लामा (४२ वर्ष) – पाँखर गाउँपालिका–१, सिन्धुपाल्चोक
दुर्गा अधिकारी (२८ वर्ष) – माईजोगमाई–४, इलाम
मोहम्मद रयाजुल (५५ वर्ष) – मोतिहारी, हरदिया, बिहार
सञ्जित पदार्थ (३५ वर्ष) – समस्तीपुर, बिहार
अगाडि कायर्कवाही
सर्लाही जिल्ला अदालतबाट सबै पक्राउ परेकामाथि चोरी तथा डाँका मुद्दामा ७ दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान जारी राखेको छ।
किसान प्रभावित
ट्रान्सफर्मरका तामाका तार चोरी भएपछि स्थानीय किसानहरूको सिंचाइ प्रणालीमा ठूलो असर परेको प्रहरीले जनाएको छ। यस प्रकारको संगठित अपराधमा संलग्न अन्य गिरोहहरूको खोजी अझै तीव्र बनाइएको छ।



