Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साका युवाहरूले खेलकुद तथा युवा नीतिमा चासो — मन्त्रीसँग व्यापक छलफल, सकारात्मक संकेत

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ कार्तिक १३,बिहीबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, पर्सा — पर्सा जिल्लाका Gen Z युवाहरूको समूह, Gen Z Parsa Team ले नेपालका युवा तथा खेलकुद मन्त्रीसँग आज काठमाडौंमा भेटघाट गरी युवासम्बन्धी नीति, खेलकुद पूर्वाधार सुदृढीकरण तथा स्थानीय तहमा युवाको सहभागिता विस्तारबारे विस्तृत छलफल गरेका छन्।

भेटका क्रममा युवाहरूसँग नारायणी रंगशाला को विकास, स्थानीय तहमा नयाँ खेलकुद मैदान निर्माण, खेलकुद प्रशिक्षकहरूको राजनीतिक नियुक्ति खारेज गर्दै खुला प्रतिस्पर्धा को आधारमा नियुक्ति सुनिश्चित गर्नुपर्ने लगायतका मागहरू प्रस्तुत गरिएको थियो। साथै, खेलकुद प्रतिष्ठानहरूलाई स्वायत्त र पारदर्शी व्यवस्थापन मा ल्याउनुपर्ने र खेलाडीहरूका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा पनि जोड दिइयो।
ko
युवाहरूले पर्सा तथा आसपासका क्षेत्रमा खेलकुद संरचनाको अभावले प्रतिभावान युवाहरू पछाडि परेको भन्दै राष्ट्रिय प्राथमिकतामा समावेश गर्न सरकारलाई आग्रह गरेका थिए।

मन्त्रीज्यूले युवाहरूका माग र सुझावहरू ध्यानपूर्वक सुन्दै नारायणी रंगशाला सम्बन्धी छिट्टै सकारात्मक समाचार आउने संकेत गरेका छन्। साथै, अन्य खेलकुद पूर्वाधार तथा युवा अवसर विस्तारका परियोजनामा पनि मन्त्रालयले अग्रसर रही समन्वय र पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

Gen Z Parsa Team का सदस्यहरूका अनुसार यस प्रकारको प्रत्यक्ष संवादले युवाहरूमा नयाँ आशा, उत्साह र सहभागिताको भावना विकास भएको छ। उनीहरूले भविष्यमा यस्ता समन्वयमूलक कार्यक्रममा निरन्तरता दिन सरकारसँग अपेक्षा राखेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ कार्तिक १३,बिहीबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ कार्तिक १३,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद