Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मनोरन्जन

‘भ्वाईस आफ गौतम’ गायन प्रतियोगिता सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन ३१,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । वीरगन्जको प्रतिष्ठित विद्यालय गौतम माध्यामिक विद्यालयले आयोजना गरेको ‘भ्वाईस आफ गौतम’ गायन प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयको सभाहलमा शुक्रबार आयोजना गरेको प्रतियोगितामा ‘भ्वाईस अफ गौतम’ सुरज चौरसिया बनेका छन् । सिनियर र जुनियरका गरी १५ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै चौरसियाले यसबर्षको ‘भ्वाईस अफ गौतम’ को उपाधि उचालेका हुन् ।त्यस्तै दुवै तहका विद्यार्थीहरुको अन्तर सदन गायन प्रतियोगितामा सिनियरतर्फ रेड हाउसकी अदिति पिठाकोटे मगर प्रथम, यल्लो हाउसकी अनुष्का सिंह द्वितीय र ग्रिन हाउसका बासु चौरसिया तृतीय भएका छन् ।त्यस्तै जुनियरतर्फ ग्रिन हाउसकी स्मृति साह प्रथम, यल्लो हाउसकी आश्रिका तामाङ्ग द्वितीय भएकी छिन् । जुनियरतर्फ रेड हाउसका पियुस वर्णवाल र ब्लु हाउसकी गौरी ठाकुर तृतीय भएका छन् । ‘भ्वाईस अफ गौतम २०८२’ का सुरज चौरसियाले शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

उनलाई निर्णायकहरु अशोक प्रधान, सद्दाम हुसैन र प्रताप यादव तथा विद्यालयका प्रिन्सिपल गणेश क्षेत्री, सहायक प्रिन्सिपल ललित कर्ण, एकेडेमिक हेड रमेश शर्मा लगायतले शील्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

त्यस्तै अन्तर सदनमा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई पनि मेडल, प्रमाणपत्र वितरण गरिएको छ । विद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीको सभापतित्वमा भएको प्रतियोगितामा विद्यालयका निर्देशक सोनाम लामा, शिक्षिका ममता श्रेष्ठ, शिक्षक टिएन चौधरी, विद्यालयका संगीत शिक्षक प्रकाश परियार लगायत अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण विद्यालयका कोअर्डिनेटर सौराज प्रधानले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०८२ आश्विन ३१,शुक्रबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०८२ आश्विन ३१,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद