Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साका १४ पालिकामा हैजाविरुद्ध खोप अभियान सुरु हुन तयारी, आइतबारदेखि संचालन

by प्रणय साह
प्रकाशित : २०८२ आश्विन २५,शनिबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । हैजाको संक्रमण देखिएको डेढ महिनापछि वीरगन्ज महानगरपालिकासहित पर्साका १४ वटै पालिकामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ।

स्वास्थ्य कार्यालय पर्साले हैजा रोगको महामारीविरुद्ध प्रतिकार्य खोप अभियानबारे जानकारी दिन आयोजना गरेको जिल्लास्तरीय सरोकारवालाको अभिमुखीकरण कार्यक्रममा आइतबारदेखि अभियान सुरु हुने जानकारी दिएको हो।

विश्व स्वास्थ्य संगठन (WHO) नेपालका चिकित्सक डा. पवन उपाध्यायका अनुसार, विश्व स्वास्थ्य संगठनले स्वास्थ्य कार्यालय पर्साको समन्वयमा यो खोप अभियान सञ्चालन गर्न लागेको हो।

१४ पालिकासँगै बाराका ६ पालिकामा पनि खोप कार्यक्रम

आइतबारदेखि कात्तिक २ गतेसम्म पर्साका १४ पालिकामा एकैसाथ हैजाविरुद्धको खोप अभियान सञ्चालन हुनेछ। साथै, पर्सासँग जोडिएका बाराका कलैया र जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र बिश्रामपुर गाउँपालिका गरी ६ पालिकामा पनि खोप अभियान सञ्चालन गर्न लागिएको डा. उपाध्यायले बताए।

उनका अनुसार १ वर्षभन्दा माथिका सबै व्यक्तिले यो खोप लिन सक्नेछन्। मुखबाट सेवन गरेर लिने यो खोप १ वर्षसम्म ८० प्रतिशतसम्म प्रभावकारी हुने दाबी गरिएको छ।

६ लाखभन्दा बढीलाई खोप दिने लक्ष्य

स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारीसहित उच्च पदस्थ सरकारी अधिकारीहरू गरी करिब २ सय ५० जनाले खोप लिएर अभियानको औपचारिक उद्घाटन गर्नेछन्।

पर्सा जिल्लामा ६ लाख ५२ हजार १ सय २९ जनालाई खोप दिने लक्ष्य राखिएको छ। ठाकुरका अनुसार तोकिएका खोप केन्द्रहरू र घरभेट कार्यक्रममार्फत पनि खोप वितरण गरिनेछ।

भारतबाट नेपाल प्रवेश गर्ने, अदालत र सरकारी कार्यालयमा आउने सेवाग्राहीहरू, बसपार्कका यात्रुहरू लगायतलाई पनि यो खोप दिने योजना रहेको उनले बताए।

१ हजार ५ सयभन्दा बढी झाडापखाला र हैजा बिरामी

ठाकुरका अनुसार गत भदौ ५ देखि वीरगन्जमा हैजा संक्रमण देखिएको हो। त्यसयता विभिन्न अस्पतालमा १ हजार ५ सय ६७ जना झाडापखाला र हैजा रोगका बिरामी उपचारका लागि आएका, जसमा २ सय २७ जनामा हैजा संक्रमण पुष्टि भएको छ।

यसबाहेक पोखरिया नगरपालिकामा पनि १८ जनामा हैजा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

हालसम्म गरिएको परीक्षण अनुसार वीरगन्जका विभिन्न स्थानबाट संकलन गरिएको पानीमा हैजाको जीवाणु फेला नपरेको स्वास्थ्य कार्यालयले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ आश्विन २५,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ आश्विन २५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद