Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

हरि खेतान क्याम्पसमा पठन–पाठन ठप्प, प्रमुख यादवको बदनियतपूर्ण रवैयाले संकटमा सयौं विद्यार्थीको भविष्य

by प्रणय साह
प्रकाशित : २०८२ आश्विन २३,बिहीबार
A A
6
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख किशोरी राय यादवको अनियमितता, दम्भपूर्ण व्यवहारकै कारण क्याम्पसका सयौं विद्यार्थीको भविष्य संकटमा परेको छ।
क्याम्पसका शिक्षक तथा कर्मचारीहरूले बिहीबार वीरगन्ज स्थित चिल्ड्रेन पार्कमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रमुख यादवविरुद्ध गम्भीर आरोप लगाउँदै पठन–पाठन पूर्ण रूपमा ठप्प पारेका हुन्।‘२ वर्षदेखि बेवास्ता हुँदै आएको माग क्याम्पसका प्राध्यापक दिलीप प्रजापतिका अनुसार, २०७९ सालदेखि शिक्षक र कर्मचारीहरूले प्रशासनसमक्ष आठबुँदे माग राख्दै आएका थिए। तर क्याम्पस प्रमुख यादवको बदनियतपूर्ण रवैयाले समस्या झन् जटिल बन्दै गएको आरोप उनले लगाए छन् ।
उनी भने , हामीले बारम्बार आफ्नो समस्या र मागहरू राख्यौं तर कुनै सुनुवाइ भएन। बाध्य भएर अहिले पठन–पाठन ठप्प पार्नुपरेको हो।
माग पुरा नभएसम्म क्याम्पस बन्द रहने शिक्षक तथा कर्मचारीहरूले २०८१ सालमा प्रशासनलाई बुझाएको आठबुँदे मागहरू यसप्रकार छन्
त्रिभुवन विश्वविद्यालयको मापदण्ड अनुसार तलब सुनिश्चित गर्नुपर्ने, शिक्षक तथा कर्मचारीको तलबमा एकरूपता कायम गर्नुपर्ने, ग्रेडिङ र बढुवाको स्पष्ट प्रणाली ल्याउनुपर्ने,लेक्चरर र असिस्टेन्ट पदमा गरिएको अन्याय सच्याइनुपर्ने, एक पद एक तलब’को सिद्धान्त लागू गर्नुपर्ने, ओभरटाइम र प्याकेजलाई तलबमै रूपान्तरण गर्नुपर्ने, प्रत्येक महिनाको ५ गतेभित्र तलब वितरण गरिनुपर्ने, क्याम्पसको तलब माध्यमिक विद्यालय सरह बनाइनुपर्ने बताए ।
‘यादवको राजीनामा आवश्यक’ प्रजापतिले क्याम्पस प्रमुख यादवको बदनियतपूर्ण रवैया र व्यवस्थापनको लापरवाहीू ले सम्पूर्ण क्याम्पस अस्तव्यस्त भएको भन्दै उनको राजीनाको माग समेत सार्वजनिक रूपमा गरे। उनले भने, अब हामी माग पूरा नभएसम्म क्याम्पस फर्कदैनौं। राजीनामाविना समाधान सम्भव छैन।क्याम्पस प्रमुखको सूचना अस्वीकार
क्याम्पस प्रमुख यादवले असोज २४ गतेदेखि क्याम्पस सञ्चालन हुने सूचना जारी गरे पनि शिक्षक तथा कर्मचारीहरूले उक्त सूचनालाई अस्वीकार गरेका छन्। उनीहरू स्पष्ट छन् — माग सम्बोधन नभएसम्म काममा फर्किने छैनन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०८२ आश्विन २३,बिहीबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०८२ आश्विन २३,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद