Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

धनुषामा ३.७ किलो ‘ब्राउन सुगर’ सहित दुई जना पक्राउ

by प्रणय साह
प्रकाशित : २०८२ आश्विन २१,मंगलवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम – धनुषामा ठूलो परिमाणको लागूऔषध ‘ब्राउन सुगर (खैरो हेरोइन)’ सहित दुई जना व्यक्ति पक्राउ परेका छन्।

प्राप्त विशेष सूचनाको आधारमा पूर्व–पश्चिम लोकमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिका–७, पोर्ता चौक नजिक खटिएको प्रहरी टोलीले बा.प्र.०२–०१–२०८७ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद गरेको हो।

घटनाको विवरण

मिति २०७२ असोज २० गते दिउँसो करिब ४:०० बजे, पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार दुई जनामध्ये पछाडि बस्ने व्यक्तिले भाग्ने प्रयास गरेका थिए।
सिरहा मिर्चैया नगरपालिका–७ का २४ वर्षीय निराजन यादवले मोटरसाइकलबाट हाम फालेर करिब १५० फिट दक्षिणतर्फ भाग्ने क्रममा साथमा बोकेको ब्राउन सुगर झाडीमा फालेका थिए।

प्रहरीले उक्त स्थानबाट कालो प्लास्टिकको पोका संकलन गरी तौल गर्दा जम्मा ३,७०९ ग्राम (३.७ किलो) खैरो हेरोइन बरामद गरेको जनाएको छ।

मोटरसाइकल चालक सप्तरी राजविराज नगरपालिका–९ का ३१ वर्षीय रोहन कुमार सिंह पनि पक्राउ परेका छन्।

कानुनी प्रक्रिया

दुवै अभियुक्तलाई नियन्त्रणमा लिएर धनुषा जिल्ला अदालतमा पेश गरिएको छ। अदालतले मिति २०८२ असोज २० गतेबाट लागू हुने गरी ८ दिनको म्याद थप गर्न अनुमति दिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएको लागूऔषधको बजार मूल्य लाखौँ रुपैयाँ बराबरको हुनसक्ने अनुमान गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ आश्विन २१,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ आश्विन २१,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद