Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

‘जेनजी’ आन्दोलनका क्रममा भागेका ६ हजार कैदी अझै फरार, प्रहरीले उच्च निगरानीमा राख्यो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन १२,आईतवार
A A
file pic

file pic

1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — भदौ २३ र २४ गते देशभर भएको ‘जेनजी’ आन्दोलनको दौरान विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूमध्ये करिब ६ हजार जना अझै फरार रहेको प्रहरीले जनाएको छ। हालसम्म ८ हजारजना कैदी फिर्ता भइसकेका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ९डीआईजी० विनोद घिमिरेका अनुसार दसैँ, तिहार, छठ जस्ता चाडपर्वको समयलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता बढाइएको छ। फरार कैदीहरू मध्ये केही गम्भीर आपराधिक पृष्ठभूमिका भएको र बदलाको भावना राखेर गाउँ फर्कन सक्ने सम्भावना रहेकोले प्रहरी उच्च सतर्कतामा रहेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो।

“भागेकामध्ये केही चोर, डाँका र गम्भीर मुद्दाका अभियुक्त हुन्,” उहाँले भन्नुभयो, “उनीहरू आफैँमाथि लागेको मुद्दाको बदलाका लागि गाउँ फर्कन सक्छन्। त्यसैले त्यस्ता व्यक्ति देखिएमा प्रहरीलाई तत्काल खबर गर्न आग्रह छ।”

प्रवक्ता घिमिरेले यस्ता फरार कैदीहरूप्रति निगरानी बढाइएको र सम्भावित घटनालाई रोक्न सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा आवश्यक पत्रचार गरिसकिएको जानकारी दिनुभयो।

उहाँका अनुसार केही फरार कैदी प्रहरी सम्पर्कमा रहेका छन् भने केही अन्यको खोजी कार्य जारी छ। प्रहरी नागरिकलाई सतर्क रहन र कुनै सूचना भएमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ।

यसैबीच, कारागार व्यवस्थापन विभागले पनि फरार कैदीहरूलाई यही असोज २० गतेभित्र स्वेच्छिक रूपमा कारागार फर्किन आग्रह गरेको छ। केही फरार कैदीहरूलाई भारततर्फ भाग्ने क्रममा भारतीय प्रहरीले पक्राउ गरी फिर्ता पठाएको र केहीलाई नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको समेत जनाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ आश्विन १२,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ आश्विन १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद