Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सल्यानको कपुरकोटमा गाडी दुर्घटना, तीनको मृत्यु, दुई गम्भीर घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन १२,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

सल्यान — सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा आइतबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रुकुम पश्चिमबाट दाङतर्फ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी बिहान करिब ४ बजे राप्ती राजमार्गमा दुर्घटनाग्रस्त भई सडकबाट करिब ४०० मिटर तल खसेको हो।

दुर्घटनामा एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु भएकाहरूको सनाखत हुन बाँकी छ।

घटनामा रुकुम पश्चिम बाफिकोट गाउँपालिका–५ निवासी अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी गम्भीर घाइते भएका छन्। दुवैको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेकाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारामा जसपा नेपालद्वारा राष्ट्रिय जनजागरण अभियान सम्पन्न, परवानिपुरमा क्षेत्रीय अध्यक्ष सञ्जु साहको दमदार सम्बोधन
राष्ट्रिय

बारामा जसपा नेपालद्वारा राष्ट्रिय जनजागरण अभियान सम्पन्न, परवानिपुरमा क्षेत्रीय अध्यक्ष सञ्जु साहको दमदार सम्बोधन

प्रकाशित : २०८२ आश्विन १२,आईतवार
पर्सा सीमामा ‘अवैध प्रवेश’ सतर्कता कडा – बंगलादेशी–रोहिंग्या प्रवेशको सूचना पाएपछि निगरानी थप
मुख्य समाचार

पर्सा सीमामा ‘अवैध प्रवेश’ सतर्कता कडा – बंगलादेशी–रोहिंग्या प्रवेशको सूचना पाएपछि निगरानी थप

प्रकाशित : २०८२ आश्विन १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद