Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जको प्रहरी बिट स्थानीय युवाहरूको पहलमा पुनर्निर्माण, पुनः सञ्चालनमा ल्याइयो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन ७,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको वीरगन्जको घण्टाघरस्थित नेपाल प्रहरीको बिट संरचना स्थानीय युवाहरूको सक्रिय पहलमा पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको छ।

‘आफ्नै देश आफै बनाऔँ’ भन्ने नारासहित वीरगन्जका युवाहरूले प्रहरी र जनता बीचको विश्वास पुनःस्थापित गर्ने उद्देश्य लिएर यो अभियान चलाएका हुन्। नेशनल इन्फोटेक कलेज र गौतम स्कुलका विद्यार्थीहरू, नेपाल फर्मास्युटिकल लिमिटेडका कर्मचारीहरू र एलाइड यूथ क्लबका युवाहरू मिलेर प्रहरी बिटका लागि आवश्यक सामग्री उपलब्ध गराएका थिए।

पुनर्निर्माणको क्रममा टेबल, कुर्सी, दराज, पंखा, पानीको ट्यांकी, विद्युतीय सामग्री लगायत तोडफोड भएका झ्याल र ढोकाहरू प्रतिस्थापन गरिएको छ। साथै भवनको रंगरोगन गरी पुरानै अवस्थामा फर्काइएको छ।

एलाइड यूथ सोसाइटीका संस्थापक ओमकुमार झाले यस अभियानको नेतृत्व गरेका थिए। उनले प्रहरी र जनता बीचको सम्बन्ध सुधार गर्न युवाहरूले देखाएको सक्रियतामा सन्तोष व्यक्त गर्दै भविष्यमा पनि यस्ता रचनात्मक कामहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

नेशनल इन्फोटेक कलेजका प्रतिनिधि तथा युवा नेता सुधीर पटेलले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै, “युवाहरूले समाजप्रतिको जिम्मेवारी प्रदर्शन गर्दै प्रहरी बिट पुनर्निर्माणमा सक्रिय सहयोग गरेका छन्, यो सकारात्मक कदम हो,” भने।

स्थानीय प्रहरी प्रशासनले पनि यस पहलको प्रशंसा गर्दै, यस प्रकारको सहकार्यले समुदायमा शान्ति र विश्वास कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ आश्विन ७,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ आश्विन ७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद