Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा ८ वर्षदेखि अलपत्र सडक निर्माण कार्य तत्काल सम्पन्न गर्न वडाध्यक्षको माग

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन ५,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पर्सा – वीरगञ्ज महानगरपालिका वडा नं। २० का वडाध्यक्ष रामकिशोर सिंह परागले आठ वर्षदेखि खाल्डो खनेर अलपत्र अवस्थामा रहेको करिब ८ किलोमिटर लामो सडक निर्माण कार्य तत्काल सम्पन्न गर्न माग गरेका छन्।

सिंहले पर्सा प्रमुख जिल्ला अधिकारीमार्फत सहरी विकास मन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदै हरपतगंज हाईवे, अपौनी, उदयपुर घुर्मि, सौराहा लगायतका टोलहरू जोड्ने उक्त सडक वर्षौंदेखि अधुरो रहेको उल्लेख गरेका छन्।

उनका अनुसार, कन्ट्राक्ट नम्बर DUDBC/Parsa/2074-075/NCB-08 अन्तर्गत पर्ने सडकमा ठेकेदारले गहिरो खाल्डो खनेर काम छाडेपछि स्थानीयहरू हैजा, मलेरिया र डेगुँजस्ता रोगको जोखिममा परेका छन्। सडकमा जमेको पानी र फोहरले आवतजावतमा समेत गम्भीर समस्या उत्पन्न भएको वडाध्यक्ष सिंहले बताए।

सिंहले विगत ८ वर्षमा १३ पटकसम्म समय दिइए पनि काम पूरा नभएको गुनासो गर्दै, मन्त्रालयको पहलमा अपूरा काम तुरुन्तै सम्पन्न गरी ग्रेभल बिछ्याएर बाटो सञ्चालनयोग्य बनाउन आग्रह गरेका छन्।

यसअघि सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, वीरगञ्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पटक–पटक जानकारी गराए पनि ठोस पहल नभएको वडाध्यक्षको भनाइ छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ आश्विन ५,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ आश्विन ५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद