Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रौतहटमा तरकारी बोकेको गाडीबाट ३३४ किलो गाँजा बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन ५,आईतवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

रौतहट, असोज ४ – रौतहटमा प्रहरीले तरकारी बोक्ने गाडीबाट ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, शनिबार राति इशनाथ नगरपालिका–८ स्थित मोतिपुर सडक खण्डबाट ३ सय ३४ किलो गाँजा बरामद गरिएको हो।

प्रहरी चौकी रामपुरखापबाट गस्तीमा खटिएको टोलीले भारततर्फ जाँदै गरेको प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्दा उक्त गाँजा फेला परेको हो। गाडीमा काउली लोड गरिएको थियो र गाँजा त्यसैको भित्री भागमा लुकाइएको अवस्थामा फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले जानकारी दिए।

गस्तीमा रहेको प्रहरीलाई देखेपछि गाडी चालक गाडी छाडेर फरार भएका थिए। त्यसपछि शंका लागेर चेकजाँच गर्दा २६ वटा पोकामा राखिएको गरी ३३४ किलो गाँजा बरामद भएको हो।

प्रहरीले गाडी र गाँजा दुबैलाई नियन्त्रणमा लिएको छ भने फरार चालक तथा लागुऔषध तस्करको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ आश्विन ५,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ आश्विन ५,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद