Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

परवानीपुर–३ का युवाको गुनासो – “सरसफाइमा स्थानीय सरकार गम्भीर छैन”

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ भाद्र २०,शुक्रबार
A A
14
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter

परवानीपुर ।
परवानीपुर गाउँपालिका–३ का स्थानीय युवा सोमित गुप्ताले आफ्नो सामाजिक सञ्जालमार्फत गाउँपालिकाका जनप्रतिनिधिप्रति आक्रोश व्यक्त गरेका छन्। उनले गा.पा अध्याक्ष रामक्षत्री प्रसाद कुर्मि, उपाध्यक्ष सुगान्धी देवी कनुइन र वडाध्यक्ष इब्रहिम मियाँ धोबीले अहिलेसम्म कुनै ठोस सुधारका पहल नगरेको भन्दै प्रश्न उठाएका छन्।

गुप्ताले फोहर व्यवस्थापन, नाला सरसफाइ र खुला दिशापिसाबजस्ता समस्यामा स्थानीय तह निष्क्रिय देखिएको उल्लेख गरेका छन्। उनका अनुसार, “घर–घरमा शौचालय भए पनि अझै खुला दिशापिसाब गर्ने प्रवृत्ति बढ्दो छ, तर जिम्मेवार निकाय मौन छ।”

उनले बारम्बार आवाज उठाउँदा पनि वडाध्यक्ष र गाउँपालिकाको ध्यानाकर्षण नभएको गुनासो गरेका छन्। गुप्ताले जनप्रतिनिधिहरूले जिम्मेवारी बोकेको नाताले यस्ता आधारभूत समस्याप्रति संवेदनशील हुनुपर्ने बताए।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–३ अनुसार गाउँपालिका र नगरपालिकाको काम, कर्तव्य र अधिकारमा नै “गाउँ वा नगर सरसफाइ सम्बन्धी मापदण्डको कार्यान्वयन” ९धारा ११, उपधारा ङ०, “आधारभूत स्वास्थ्य र सरसफाइ” ९धारा ११, उपधारा झ०, तथा “फोहरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र साझेदारी” ९धारा १०० उल्लेख भए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको गुनासो उनीहरूले गरेका छन्।

त्यस्तै, नेपालको संविधान २०७२ ९अनुच्छेद ३०० मा उल्लेखित “स्वस्थ वातावरणमा बस्ने हक” समेत हनन भइरहेको गुनासो उनले सार्वजनिक गरेका छन्।

गुप्ताले भनेका छन्, “नेताहरुको आँखा अझै नखुलेको कारण के हो रु हाम्रो वडा र गाउँपालिकाले अब गम्भीर भएर काम गर्नुपर्छ।”

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ भाद्र २०,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ भाद्र २०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद