Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उपभोक्ता हित संरक्षण मञ्चद्वारा पर्सामा हैजा नियन्त्रण र उपभोक्ता अधिकारमा ध्यानाकर्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ भाद्र १७,मंगलवार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल, वीरगञ्ज कार्यसमितिले पर्सा जिल्लामा बढ्दो हैजाको प्रकोप र बजार व्यवस्थापनमा देखिएका अव्यवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै जिल्ला प्रशासनलाई तत्काल प्रभावकारी कार्ययोजना बनाउन आग्रह गरेको छ।

मञ्चद्वारा आयोजित कार्यक्रममा वक्ताहरूले हैजा नियन्त्रणका लागि सम्बन्धित निकायहरू आक्रामक र जिम्मेवार ढंगले अघि नबढेको भन्दै असन्तोष प्रकट गरे। उनीहरूले प्रेस वक्तव्य र औपचारिकतामा मात्र सीमित नभई एकीकृत कार्ययोजना सहित जिम्मेवारी र जवाफदेहितामा आधारित पहल आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा खाद्य स्वच्छता ऐन, २०८१ लागू भइसके पनि जिल्लामा उत्पादन तथा बिक्री वितरण हुने धेरै वस्तु ऐन विपरीत रहेको, बिना अनुज्ञापत्रका वस्तु सहजै पाइने, पानी तथा दुग्ध उद्योगदेखि होटल–मिठाई पसलसम्मको अवस्था दयनिय रहेको तथ्य प्रस्तुत गरियो। गुनासो सुन्नुपर्ने निकाय प्रभावकारी बन्न नसकेको, बजारमा नापतौल कमजोर रहेको, मोहरबन्द प्याकेटमा तोकिएको भन्दा कम तौल पाइने, ढुङ्गा–ईट्टा र पाँच कुने ढकबाट बिक्री वितरण हुने, विद्युतीय काटा समेत बिना दर्ता सञ्चालन भइरहेको गुनासो पनि उठाइयो।

मञ्चका अध्यक्ष सुनिल श्रेष्ठले चाडपर्व नजिकिएको बेला बजारलाई सफा, व्यवस्थित र उपभोक्तामैत्री बनाउन जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा एकीकृत बजार अनुगमन समिति गठन गर्नुपर्ने माग गरे। साथै, उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम गलत गर्ने व्यापारीलाई कडा कारबाही गर्ने र राम्रो व्यवसायीलाई प्रोत्साहन तथा पुरस्कृत गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव दिए। उनले उपभोक्ताका गुनासो तत्काल सम्बोधन गर्न हटलाइन सेवा सञ्चालन गरी सूचना प्रवाह गर्ने व्यवस्था गर्नुपर्नेमा समेत जोड दिए।

कार्यक्रममा केन्द्रिय सदस्य धिरज शर्मा, जिल्ला अध्यक्ष सुनिल श्रेष्ठ, उपाध्यक्ष अजित भुजेल, कोषाध्यक्ष रचेन्द्र सिंह थापा, सदस्यहरू प्रकाश कुमार शाह, लक्ष्मी खड्का, गजेन्द्र महतोलगायतको उपस्थिति थियो। कार्यक्रममा स्वागत, परिचयात्मक सत्र सम्पन्न गरिएको र प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाइएको मञ्चले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ भाद्र १७,मंगलवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ भाद्र १७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद