Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिरगंज पब्लिक कलेजमा UGC को प्रि-असेस्मेन्ट टोलीको भ्रमण सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ भाद्र १७,मंगलवार
A A
9
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।

बिरगंज पब्लिक कलेजमा शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (Educational Quality Assurance and Accreditation – EQAA) प्रक्रिया अन्तर्गत विश्वविद्यालय अनुदान आयोग (UGC) को प्रि-असेस्मेन्ट टोलीले आज औपचारिक भ्रमण सम्पन्न गरेको छ।

टोलीले कलेजको शैक्षिक कार्यक्रम, व्यवस्थापन, भौतिक संरचना, शैक्षिक वातावरण, प्रशासनिक पारदर्शिता, विद्यार्थी–शिक्षक–अभिभावक सहभागिता लगायतका पक्षहरूको अवलोकन गर्दै आवश्यक सुधारका सुझाव प्रदान गरेको छ।

यस अवसरमा कलेजका क्याम्पस प्रमुख डा. विनय श्रेष्ठले कलेजको विगतदेखि हालसम्मको प्रगति, उपलब्धि र भविष्यका योजनाबारे जानकारी गराए। टोलीका संयोजक प्रा. डा. लेखनाथ भट्टराई, सदस्य श्रीमती नबिना चौलागाईं, व्यवस्थापन समिति, शिक्षक तथा कर्मचारीहरूको उपस्थितिमा स्वागत कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रि-असेस्मेन्ट टोलीले कलेजले गुणस्तरीय शिक्षाको निरन्तरता र राष्ट्रिय प्रत्यायन प्रक्रियामा देखाएको प्रतिबद्धता सराहनीय रहेको बताउँदै अझ प्राविधिक र प्रशासनिक पक्षलाई सुदृढ बनाउन सुझाव दिएको छ।

भ्रमणले कलेजलाई आगामी दिनमा शैक्षिक गुणस्तर र प्रत्यायन प्रक्रियालाई अझ सशक्त बनाउन प्रेरणा दिने विश्वास सहायक क्याम्पस प्रमुख डा. अरविन्द श्रेष्ठले व्यक्त गर्नुभयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ भाद्र १७,मंगलवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ भाद्र १७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद