Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल मेडिकल कलेज प्रा.लि. र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जबीच स्वास्थ्य सेवा सम्बन्धी सहमति पत्रमा हस्ताक्षर

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ भाद्र १७,मंगलवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज।
नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्जस्थित एक अग्रणी स्वास्थ्य संस्था र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जबीच आज एक महत्वपूर्ण सहमति पत्रमा हस्ताक्षर गरिएको छ। यस सहमतिपत्रमार्फत रोट्र्याक्ट क्लबका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूलाई गुणस्तरीय, सहज र सहुलियतमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने सहमति भएको छ।

उक्त कार्यक्रम नेशनल मेडिकल कलेज तथा टिचिङ हस्पिटलको कार्यालय परिसरमा सम्पन्न भएको हो। सहमति पत्रको अवधि प्रारम्भमा एक वर्षको रहनेछ भने आपसी समिक्षा पश्चात नविकरण गर्न सकिने व्यवस्था गरिएको छ।

सहमति अनुसार क्लबका सदस्यहरूलाई आपतकालीन अवस्थामा “ग्यारेन्टी अफ पेमेंट को आधारमा तुरुन्त स्वास्थ्य सेवा प्रदान गरिनेछ। साथै दुबै पक्षको आपसी समझदारीमा नियमित रूपमा स्वास्थ्य शिविर तथा अन-साइट क्लिनिकहरू सञ्चालन गरिनेछन्, जसबाट सदस्यहरू लाभान्वित हुनेछन्। यसका साथै, नेशनल मेडिकल कलेजले क्लबका लागि विभिन्न विशेष छुटहरू प्रदान गर्नेछ । छुटमा ओपीडी टिकटदेखि लिएर बेड, सर्जरी, परीक्षण, इमेजिङ सेवा र फार्मेसीसम्मका सेवाहरू समावेश छन्। सहमति अनुसार दुबै पक्षबीच आदानप्रदान हुने सम्पूर्ण जानकारीलाई पूर्णरूपमा गोपनीय राखिनेछ।

कार्यक्रममा नेशनल मेडिकल कलेज प्रा.लि.को तर्फबाट शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यस्मिन ,प्रमुख सूचना अधिकृत इञ्जि. प्रदीप चौधरी , मार्केटिङ म्यानेजर जितेश चन्द्र दास , प्रशासन अधिकृत विश्वनाथ कन्थ र प्रशासन अधिकृत पप्पु सिंह उपस्थित हुनुहुन्थ्यो। त्यस्तै, रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जको तर्फबाट अध्यक्ष रट्र. रोशनी भट्टराई , सचिव सुजल ठाकुर , चार्टर्ड अध्यक्ष राजिश कुमार चौधरी , सह-सचिव तथा प्रोफेशनल सेवा संयोजक सौरभ पोखरेल लगायत क्लबका साधारण सदस्यहरू आर्यन ठाकुर, उत्तम मण्डल, सागर रेग्मी, प्रीती सुवेदी, सारोसी श्रेष्ठ र विद्या भारतीको उपस्थिति रहेको थियो।

कार्यक्रममा डा. रुबी श्रेष्ठ यस्मिनले नेशनल मेडिकल कलेजको सामाजिक उत्तरदायित्वबोधअनुसार यस्तो सहकार्यले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले रोट्र्याक्ट क्लबसँगको सहकार्यले युवाहरूमा स्वास्थ्य सचेतना फैलाउने काममा टेवा पुर्याउने उल्लेख गर्नुभयो। यस्तै, रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जका अध्यक्ष रट्र. रोशनी भट्टराईले क्लबका सदस्य तथा उनीहरूका परिवारले यस सहकार्यबाट गुणस्तरीय र सहज स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने हुँदा यो क्लबको लागि एक महत्वपूर्ण उपलब्धि भएको धारणा व्यक्त गर्नुभयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८२ भाद्र १७,मंगलवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८२ भाद्र १७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद