Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एपेक्स म्यानेजमेण्ट कलेज, वीरगन्जले बीबीए पहिलो सेमेष्टरमा शतप्रतिशत नतिजा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ श्रावण ३१,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । वीरगन्जको एपेक्स म्यानेजमेण्ट कलेजले बीबीए (BBA) कार्यक्रमको पहिलो ब्याचमै शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ। सुदूरपश्चिम विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजले गत वर्ष साउन ३२ गते बीबीए कार्यक्रम सुरु गरेको थियो।

३३ सिट क्षमता रहेको उक्त कार्यक्रममा पहिलो शैक्षिक सत्रमा २८ जना विद्यार्थी भर्ना भएका थिए। सबै विद्यार्थी उत्तीर्ण भएपछि कलेजले पहिलो ब्याचमै शतप्रतिशत नतिजा निकाल्दै वीरगन्जकै उत्कृष्ट शैक्षिक संस्थामध्ये आफूलाई स्थापित गरेको छ।

कलेज सञ्चालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले पहिलो ब्याचकै सफलताले एपेक्स कलेजलाई वीरगन्जमा उच्च शिक्षा अध्ययनका लागि विश्वासिलो गन्तव्यका रूपमा उभ्याएको बताए। “विद्यार्थीहरूको मेहनत, प्राध्यापकहरूको अनुभव र दक्षता, र व्यवस्थापनको राम्रो संयोजनकै कारण यो सफलता सम्भव भएको हो,” उनले भने।

त्यस्तै, कलेजका एकेडेमिक निर्देशक दर्शन केसीले बीबीएको पहिलो नतिजाले विद्यार्थीहरूलाई थप उत्साहित बनाएको र वीरगन्जलाई शैक्षिक हब बनाउन यसले टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

शिक्षा क्षेत्रमा मधेसका कलेजहरूको गुणस्तरप्रति उठ्दै आएका प्रश्नहरूलाई सम्बोधन गर्दै एपेक्स म्यानेजमेण्ट कलेजको यो उपलब्धिले “वीरगन्जमा गुणस्तरीय उच्च शिक्षा सम्भव छ” भन्ने सन्देश दिएको कलेज प्रशासनले दाबी गरेको छ।

यस उपलब्धिले वीरगन्ज बाहिर उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई स्थानीय स्तरमै आकर्षित गर्ने विश्वास कलेज प्रशासनले लिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०८२ श्रावण ३१,शनिबार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०८२ श्रावण ३१,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद