Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंजका दुई निजी विद्यालयमा प्याब्सन महानगर समितिको अनुगमन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ श्रावण २१,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज – निजी विद्यालयहरूको छाता संस्था प्राइभेट एण्ड बोर्डिङ स्कुल्स अर्गनाइजेशन नेपाल ९प्याब्सन० वीरगंज महानगर समितिले वीरगंज–१४ स्थित फुरकान नेशनल एकेडेमी र वडा नम्बर १६ स्थित नेशनल मोडल स्कुल, नगवा को अनुगमन गरेको छ।

प्याब्सन वीरगंज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवका अनुसार, अनुगमनको उद्देश्य विद्यालयहरूलाई प्याब्सनमा आबद्ध गराउने प्रक्रिया अघि बढाउनु रहेको हो। उनले जानकारी दिएअनुसार विद्यालयहरूले वीरगंज महानगरपालिकाको शिक्षा नियमावली, कर चुक्ता अवस्था, संचालन अनुमति पत्र, मान्यता प्राप्त शैक्षिक सत्र लगायतका मापदण्डहरू पुरा गरिरहेका छन् वा छैनन् भन्ने मूल्यांकन गरिएको हो।

अध्यक्ष श्रीवास्तवले भने, ूहामी विद्यालयमा शैक्षिक, प्रशासनिक र कानुनी मापदण्डहरूको अध्ययन गर्छौं। यदि ती सबै मापदण्ड पूरा भएमा प्याब्सन महानगर कमिटीले जिल्ला कार्यसमितिमा सिफारिस गर्नेछ, र त्यसपछि विद्यालयलाई सदस्यता प्रदान गरिनेछ।ू

उहाँले थप जानकारी दिँदै हालसम्म वीरगंज महानगर क्षेत्रभित्रका ५४ वटा निजी विद्यालयहरू प्याब्सनमा आबद्ध भइसकेको र अन्य विद्यालयहरूले पनि सदस्यता लिने चासो देखाइरहेका बताए।

नयाँ आवेदनहरू प्रक्रियामा
प्याब्सन वीरगंज महानगर सचिव अमित आलोकले जानकारी गराएअनुसार बिहीबार मात्रै आचार्य एकेडेमी, सुफा एकेडेमी, र गोल्डेन वाटिका, हरपतगंज ले प्याब्सन सदस्यता प्रक्रियाका लागि आवश्यक कागजातहरू बुझाइसकेका छन्।

अध्यक्ष श्रीवास्तवले निजी शिक्षाको गुणस्तर अभिवृद्धिका लागि प्याब्सन प्रतिबद्ध रहेको उल्लेख गर्दै भने, “हामी निजी शिक्षाको स्तरीयता कायम गर्न निरन्तर प्रयत्नशील छौं। त्यसका लागि सदस्य विद्यालयहरूसँग सहकार्य र नियमित अनुगमन अपरिहार्य हुन्छ।”

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ श्रावण २१,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ श्रावण २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद