Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सनलाईट कलेज वीरगंजमा मानव बेचबिखन तथा लागुऔषधविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ श्रावण २१,बुधबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । वीरगंज महानगरपालिका–१६ स्थित सनलाईट कलेजमा आज मानव बेचबिखन तथा लागुऔषध ओसार–प्रसारविरुद्ध विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको आयोजनामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रम सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो। कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा अध्यक्षता कुम्हालटोल सामुदायिक प्रहरी सेवा केन्द्रका वरिष्ठ सल्लाहकार श्याम केसीले गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सनलाईट कलेजका प्रिन्सिपल आलोक चौरसिया, समाजसेवी मार्टिन मोक्तान, नन्दलाल राउत, प्रहरी हवल्दार कुमार विक, तारा बिष्ट, अतिथि सन्तोषमान रजितकार, टोल सुधार समाज कुम्हालटोलका अध्यक्ष नन्दलाल अहिर, अभिलाष गुप्ता, रोहितमणि चादव, सामुदायिक सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष सञ्जु दाहाल, लाल बाबू सिंह, सुशील वर्णवाल, सम्झना मल्ल लगायत समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझीले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरीक्षक चौलागाईंले मानव बेचबिखनका विभिन्न स्वरूप, कानुनी पक्ष, त्यसबाट बच्ने उपायहरू, साथै लागुऔषधको दुष्परिणाम र ओसार–प्रसारका माध्यमहरूबारे विद्यार्थीहरूलाई गहिरो जानकारी दिनुभयो। साथै, विद्यार्थीहरूलाई व्यक्तिगत तथा सामाजिक उत्तरदायित्वप्रति सजग रहन र कुनै आपराधिक गतिविधि देखेमा तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले चासोका साथ सहभागिता जनाउँदै विभिन्न जिज्ञासाहरू राखेका थिए। उनीहरूको सक्रिय सहभागिता र विचारले उनीहरूमा विषयप्रति चेतना र जागरूकता बढेको स्पष्ट देखिएको थियो।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य मानव बेचबिखन तथा लागुऔषधसम्बन्धी जनचेतना फैलाउने, सुरक्षाका उपायहरूबारे विद्यार्थीहरूलाई जानकारी दिनु र अपराधमुक्त समाज निर्माणमा युवाहरूको सक्रिय भूमिका स्थापित गर्नु रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ श्रावण २१,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ श्रावण २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद