Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्याब्सन पर्साको संगठन विस्तार अभियान, दोस्रो दिन चार पालिकामा भ्रमण सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ श्रावण १२,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साद्वारा सञ्चालन गरिएको संगठन विस्तार अभियान अन्तर्गत आज दोस्रो दिन पर्सा जिल्लाका ठोरी गाउँपालिका, जिराभवानी गाउँपालिका, सखुवा पर्सौनी गाउँपालिका र बहुदरमाई नगरपालिकामा भ्रमण सम्पन्न गरिएको छ।

भ्रमण टोलीमा प्याब्सन पर्सा अध्यक्ष सरोज प्रसाद चौधरी, प्याब्सन केन्द्रीय सदस्य छेदुप लामा, प्याब्सन मधेश प्रदेश सल्लाहकार इमामुद्दिन अहमद, तथा प्याब्सन ठोरी गाउँपालिका फोकल पर्सन सुरेश पन्तको प्रमुख सहभागिता रहेको थियो।
भ्रमणका क्रममा स्थानीय तहमा रहेका निजी विद्यालयका सञ्चालक, शिक्षक र प्रतिनिधिहरूसँग संगठनमा आवद्धता, नीतिगत स्पष्टता तथा भावी योजनाका बारेमा विस्तृत छलफल गरिएको थियो।
प्याब्सनको नीति, उद्देश्य, शैक्षिक सुधारको अभियान तथा निजी विद्यालयहरूको हित संरक्षण सम्बन्धमा जानकारी आदानप्रदान गरियो।

प्याब्सन अब गाउँ–गाउँसम्म पुग्ने अध्यक्ष चौधरीको प्रतिबद्धता कार्यक्रमका दौरान प्याब्सन पर्सा अध्यक्ष सरोज चौधरीले भने, “प्याब्सन अब गाउँ–गाउँसम्म पुग्ने छ। सशक्त संगठन निर्माण बिना शिक्षामा गुणस्तर र सुधार सम्भव छैन। सबै निजी विद्यालयहरूलाई एउटै मञ्चमा ल्याई शिक्षाको पक्षमा सामूहिक आवाज बुलन्द गर्ने हाम्रो लक्ष्य हो।”
उनले संगठन विस्तारलाई आवश्यक मात्र नभई शिक्षा क्षेत्रको दीर्घकालीन सुधारका लागि अपरिहार्य कडीको रूपमा व्याख्या गरे।
प्याब्सन केन्द्रीय सदस्य छेदुप लामाले हाल प्याब्सन केन्द्रीय समितिले देशभरका जिल्ला र पालिकामा संगठन विस्तारलाई प्रमुख प्राथमिकतामा राखेको जानकारी गराउँदै,“पर्साको सक्रियता सराहनीय छ, यही उत्साह र सहकार्यले नै हामीलाई संस्थागत रूपमा बलियो बनाउनेछ,” भनेका थिए।
सल्लाहकार इमामुद्दिन अहमदले मधेश प्रदेशमा प्याब्सनले शैक्षिक मापदण्ड, शिक्षक हित, नीति निर्माण र संगठनात्मक एकताको क्षेत्रमा निरन्तर कार्य गरिरहेको बताए।उनको भनाइमा, “गाउँ तहसम्म संगठनको उपस्थिति अत्यन्त आवश्यक छ। संस्थागत शिक्षा सुधारको बाटो स्थानीय तहबाट नै सुरु हुनुपर्छ।”
भ्रमण टोलीले सम्बद्ध पालिकाका विद्यालयहरूसँग समन्वय गर्दै पालिका स्तरमा प्याब्सन समिति गठन गर्ने कार्यलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
भ्रमणको उद्देश्य निजी विद्यालयहरूसँग प्रत्यक्ष संवाद, प्याब्सनमा सदस्यता अभिवृद्धि, शिक्षा क्षेत्रमा सहकार्य र चुनौती समाधानमा साझा प्रयास रहेको बताइएको छ।
प्याब्सन पर्साले सञ्चालनमा ल्याएको यो अभियानले जिल्लाका सबै पालिकाहरूमा संगठन विस्तार गर्ने लक्ष्य लिएको छ।
आगामी दिनहरूमा अन्य पालिकाहरूमा पनि क्रमबद्ध रूपमा भ्रमण र संवाद कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ श्रावण १२,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ श्रावण १२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद