Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पानीको गुहार लिएर गाउँपालिका उपाध्यक्षको घर पुगेका जनता रित्तै फर्किए

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २७,शुक्रबार
A A
12
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

परवानीपुर —
विगत एक महिनादेखि पानीको चरम अभाव झेलिरहेका परवानीपुर गाउँपालिका–५ का स्थानीय जनता गाउँपालिका उपाध्यक्ष सुगन्धी देवी कनुइनको घरमा पानीको गुहार लिएर पुगेका थिए। तर, उनीहरू रित्तै हात फर्किन बाध्य भए।

स्थानीयको भनाइ अनुसार पालिकामा पटक–पटक गरी तीनवटा बोरिङ गाडिएको भए पनि पानी व्यवस्थापन असमान, असन्तुलित र अव्यवस्थित रहेको छ। एउटै गाउँभित्रको एकातर्फका बासिन्दालाई पानी सहज रूपमा उपलब्ध गराइएको छ भने अर्कोतर्फका जनता निरन्तर वञ्चित छन्। यही पीडाबाट आक्रोशित जनसमुदाय खाली बाल्टिनसहित उपाध्यक्षको घर पुगेका थिए।

पानी व्यवस्थापनको सवालमा पटकपटक गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै स्थानीय बुद्धिजीवी, महिला, र युवाहरू समेत पानीका भाँडाकुँडा लिएर उपाध्यक्षको घरमा पुगेका हुन्। तर, जनताको समस्याप्रति कुनै चासो नदिएको भन्दै उनीहरू थप आक्रोशित बने।

यसैबीच, उनीहरूले वडा नम्बर ५ का वडाध्यक्षको घरमा समेत पुगेर समानुपातिक पानी वितरणको माग गरेका छन्। स्थानीयको अनुसार, यदी छिटो पानी समस्या समाधान नभएमा संयुक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: @water

अनलाईन वीरगंज

Related Posts

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि मधेशबाट सुझाव संकलन सुरु
मुख्य समाचार

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि मधेशबाट सुझाव संकलन सुरु

प्रकाशित : २०८२ असार २७,शुक्रबार
मेनरोड विस्तारको असरबीच डा. उदय नारायण सिंहको स्वास्थ्य सेवा  इन्दिरा वेलनेस सेन्टरमा
राष्ट्रिय

मेनरोड विस्तारको असरबीच डा. उदय नारायण सिंहको स्वास्थ्य सेवा इन्दिरा वेलनेस सेन्टरमा

प्रकाशित : २०८२ असार २७,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद